डेढ किलोमिटरको कार्यलाई तत्काल शुरु गर्न स्थानीयहरुले माग

0
489

अमित खम्बू, अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ र ८स्थित शनिश्चरे–खुदुनाबारी (७.५ किलोमिटर) सडकखण्ड अन्र्तगत कालोपत्रे गर्न बाँकी अनुमानित डेढ किलोमिटरको कार्यलाई तत्काल शुरु गर्न स्थानीयहरुले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाको कक्षमा सोमबार आयोजित सरोकारवालाहरुको बैठकमा उनीहरुले कालोपत्रेको कार्य स्थगित भएपछी धुलाम्मे सडकका कारण विभिन्न समस्या सृजना भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासमक्ष उक्त माग राखेका हुन् ।

बैठकमा सहभागी अर्जुनधारा नगर कार्यपालिका सदस्य गोपीचन्द्र गौतमले आफूहरुले पटक–पटक ठेकेदारलाई स्थगित भएको कालोपत्रेको कार्यलाई सुचारु गर्न पहल गर्दा पनि ठेकेदार फूर्तेम्ब शेर्पाले चासो नदिएको बताए । सडक स्तरोन्नतीको आसमा आफ्नो निजी संरचनाहरु भत्काएर बसेका स्थानीयहरु धुलाम्मे सडकका कारण थप पीडित बन्नुपरेको सदस्य गौतमले बताए ।

त्यसैगरी अर्का कार्यपालिका सदस्य नवराम ढुंगानाले सडक कालोपत्रेको बाँकी कार्यलाई तत्काल सुरु नगर्ने हो भने स्थानीयहरुले अतिआवश्यक सवारी साधनबाहेक अन्य सवारीसाधनहरु सञ्चालनमा पूर्णरुपमा रोक लगाउनुको विकल्प नभएको जानकारी दिए ।

त्यस्तै बैठकमा सहभागी जिल्ला पूर्वाधार कार्यालयका प्रमुख रमेश श्रेष्ठले कोभिड–१९ र बजेट अभावमा सडक कालोपत्रेको कार्य स्थगित भएको स्पष्ट पारे । उनले निर्माण कम्पनीलाई चैत मसान्तसम्मको समयसीमा भएको र उक्त समयसीमासम्म काम सम्पन्न नभए कम्पनीलाई कालोसूचीमा राख्ने दावी गरे ।

यता प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बैठक स्थलबाटै ठेकेदार शेर्पासँग फोन सम्पर्क गर्दा उनले स्थगित भएको बाँकी काम सुरु गर्ने बताए । उनले स्थानीयहरुको सडक कालोपत्रेको कार्य तत्काल सुरु गर्नुपर्ने मागको विषयमा भने ठेकेदार शेर्पाले काम सम्पन्न गर्ने आश्वासन मात्र दिए तर कहिले देखि सुरु गर्ने भन्ने बताएनन् ।

तत्काल कार्य सुरु नभएसम्म सो सडकलाई दैनिक पानीले भिजाउन जिल्ला पूर्वाधार कार्यालयले ठेकेदार शेर्पासँग सहजिकरण गर्नुपर्ने अर्को माग पनि बैठकका सहभागीहरुले राखेका छन् । उक्त कार्यको लागि आफूले पनि सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी तिमल्सिेनाले बताए ।

बैठकमा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, नेपाली काँग्रेस नगर उपसभापति चर्तुभूज काफ्ले, नेकपा एमाले नगर कमिटीकी सदस्य मुना बाँस्कोटा, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, हामी ३८से समूहका सदस्य पूष्प ओझालगायतको सहभागिता रहेको थियो ।

२०७७ असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रेको कार्य ¥याप थ्री योजना अन्र्तगत भ्याटसहित आठ करोड ९८ लाख १९ हजार नौ सय ५५ रुपैयाँ १७ पैसाको लागतमा निर्माण सुरु भएको उक्त सडक कालोपत्रेको ठेक्का काठमाण्डौंको कञ्चनजंघा–शेर्पा–कञ्चनजंघा जेभीले पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here