तीन बुंदे सहमती बिरुद्धको षड्यन्त्र सत्ताको पराजित मानसिकताको उपज – सुमनसिंह

0
486

इलाम,

नेपाल कम्युनिस्ट पार्टी इलामले आफ्नो पार्टिको आठौं पार्टी पुनर्गठन दिवश भव्यतापुर्वक मनाएको छ । इलामको माइ नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा पार्टी पुनर्गठन दिवशको शुभकामना आदान प्रदान , प्रशिक्षण र पार्टी केन्द्रिय सल्लाहकार समितिका सदस्य होम खतिवडालाई अभिनन्दन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंह थिए भने विशिष्ट अथिती होम खतिवडा थिए । कार्यक्रममा शुभकामना तथा प्रशिक्षण मन्तव्य राख्दै सुमनसिंहले सत्ता पराजित भएकै कारण तीन बुंदे सहमती बिरुद्ध षड्यन्त्र हुन थालेको बताए । यो सत्ताको पराजित मानसिकताको उपज भएको उनले बताए । रास्ट्र र जनता विरुद्ध लाग्नेहरु तिनबुंदे सहमतीबाट भाग्न खोजिरहेका छन भन्दै उनले छलफल बाट निकास दिन तयार नभए जनताले बल प्रयोग गरेर बैज्ञानिक समाजबाद स्थापना गर्ने बताए ।

एकीकृत जनक्रान्ति बलिदानको मार्ग हिंडेर आएको हुनाले बलिदानको मार्गलाई अझै ससक्त बनाउन हामिले आज प्रण गर्नु पर्छ भन्दै कार्यकर्तालाई बलिदान गर्न तयार छु भन्ने भावनाको बिकास गर्नु पर्ने बताए ।

सिंहले पार्टी पुनर्गठन दिवशको शुभकामना दिंदै यो पार्टी बिश्वभरीका श्रमिक जनता र सिंगो पृथ्बिको निम्ति संधै अग्रदस्ता , मुक्तीदुत बन्ने कुराको बिश्वास साथै प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो पार्टिका नेताहरु फुकि फुकि पाइला चाल्दै अगाडि बढेको हुनाले धेरै संका उपसंका नगर्न कार्यकर्ताहरुलाइ अनुरोध गरे । उनले यो धर्तिमा छिट्टै बैज्ञानिक समाजवादको झण्डा फहराउने कुरा शुनिश्चित रहेको कुरा कार्यक्रममा सहभागिहरुलाइ बताए ।

त्यस्तै केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडाले इलाम जिल्ला रत्नकुमार जस्ता क्रान्तिकारिको रगत बगेको जिल्ला भएको हुनाले यहाँ कम्युनिस्टहरु बलियो रहेको बताए । वास्तविक कम्युनिस्ट पार्टी हाम्रो पार्टी भएको हुनाले पार्टि जनतामा पुगे छद्म कम्युनिस्टहरु पत्तासाफ हुने बताए । उनले इलाम चमैतामा रहेको रत्नकुमारको जीवन र सुरुङ्गबाट सिक्नु पर्ने बताए । इलाममा बिस्तारै क्रान्ती प्रती जनताको बिश्वास बढ्न थालेको , अहिले इलाममा एकीकृत जनक्रान्ती खोज्नेहरुको घुंइचो लाग्न थालेको उनले बताए ।

कार्यक्रममा पार्टिका जिल्ला सदस्यहरु, जनबर्गिय संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जिल्ला कमिटिका अविनाशले राखेका थिए । कार्यक्रमको अध्यक्षता पार्टिका जिल्ला सचिब मौसमले गरेका थिए ।

उनले कार्यक्रम समापनको क्रममा पार्टी पुनर्गठन दिवशको शुभकामना दिंदै अबको एकाध बर्समा इलामबाट संसोधनवादी कम्युनिस्टहरुलाई पत्तासाफ गरेर वास्तविक कम्युनिस्टहरुको सत्ता चलाउने उध्घोस गरे । उनले सबैले पार्टिको योजनालाइ गतिशिल ढंगले कार्यन्वयन गर्न सुझाब दिंदै, कार्यक्रम समापन गरेका थिए । त्यस्तै सोही सांझ माइनगरपालिका स्थिती शितली बजारमा भव्य रुपमा दिप प्रज्वलन गर्दै नाराबाजी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here