बिर्तामोड बचतमा उप्रेती

0
429

बिर्तामोड ।

बिर्तामोड बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सरोजकुमार उप्रेती चयन भएका छन् ।

बिर्तामोडमा मंगलबार भएको संस्थाको ९ औं बार्षिक साधारणसभाले अध्यक्षमा उप्रेतीलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पुरनलाल राजवंशी, सचिवमा राजकुमारी चौधरी र कोषाध्यक्षमा इन्दिरा घिमिरे चयन भएका छन् ।

त्यस्तै सदस्यमा हृदयनारायण राजवंशी, इन्द्रजित चौधरी र दिलकुमारी थापा चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा भूपाल दाहाल र सदस्यमा विष्णुमाया पाठक र पारस उप्रेती चयन भएका छन् ।

संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षतामा भएको बार्षिक साधारणसभाको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला र विशिष्ठ अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली रहेका थिए । स्वागत तथा लेखा प्रतिवेदन प्रस्तुत व्यवस्थापक विक्रम फुँयालले गरेको कार्यक्रमको सञ्चालन सचिव नरप्रसाद उप्रेतीले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड सेवा केन्द्र प्रमुख बिनोद न्यौपाने, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली, अडिटर एशोसिएशन झापा उपाध्यक्ष होमनाथ उप्रेतीलगायतले बोलेका थिए ।

आर्थिक बर्ष २०७७÷०७८ सम्ममा एक हजार ७ सय ९० शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५८ लाख ६७ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको बचत ६६ लाख ६ हजार ६ सय २४ रुपैयाँ ४४ पैसा, कर्जा लगानी २७ लाख ६२ हजार ६ सय ९७ रुपैयाँ ६० पैसा, बाह्य कर्जा ९८ लाख २१ हजार ७ रुपैयाँ ६६ पैसा रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here