पाथीभरा माताको दर्शन गरेर फर्किएको सवारी दुर्घटना, दुई जनाको मृत्यु, ८ जना घाइते

0
678

झापा,  इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर घर फकर्ने क्रममा आज भएको सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माई जोगमाई गाउँपालिका ४ निवासी ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँ निवासी ४० वर्षीय भरत प्रसाद घिमिरे रहेका छन् ।
दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।
मे १ च ३३०७ नम्वरको सवारी हर्कटे बजार नजिकै तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीया पवित्रा तिम्सिना, ३१ वर्षीया यशोदा घिमिरे, ३१ वर्षीया निर्मला तिम्सिना, ३५ वर्षीय पदम तिम्सिना, ४ वर्षीय प्रकृत तिम्सिना, ९ वर्षीय भर्सन घिमिरे र २ वर्षीया बालिका प्रभा घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सववारी चालक माई जोगमाई ४ का ३६ वर्षीय भीम खवास समेत घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here