विमल दहाल, इलाम ।

गरुवा बहुमुखी क्याम्पसको १४औं क्याम्पस सभाको उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ।
दक्षिणी इलामको एक मात्र वहुमुखी क्याम्पसको रुपमा रहेको गरुवा बहुमुखी क्याम्पस माई नगरपालिकाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेयर दिपक कुमार थेवेले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको क्याम्पसबाट थप ब्यबस्थापन बिषयमा कक्षा सञ्चालन पहल गर्न सरोकारवालामा आग्रह गर्नुभएको छ।
शिक्षा संकायमा स्नातक पढाई हुदै आएको क्याम्पसमा प्राविधिक शिक्षालय खोल्ने प्रस्ताव आए पनि तत्काललाई संचालनमा ल्याउन नसकिने जानकारी दिनुभयो । क्याम्पस सुरक्षाका लागि घेराबरा तत्काल गर्नु पर्ने देखिएको भन्दै प्रमुख थेबेले भिजन बनाएर मिसनमा लाग्न आग्रह गर्नुभएको छ ।
सास्कृतिक कार्यक्रम सहित सम्पन्न उद्घाटन समारोहमा शैक्षिक सत्र २०७७र७८ मा बि।एड।प्रथम बर्षको परिक्षामा उत्कृष्ट अङ्क ल्याई सफल हुने समिक्षा भट्टराई, जेहेन्दार तथा चारै बर्षको बार्षिक परिक्षामा नियमित बि।एड।उत्तिर्ण हुने दमन्ता राईलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। क्याम्पसको नयाँ आजीवन सदस्यता प्रमाण पत्र समेत वितरण गरिएको सभाको बन्द सत्र भने आगामी पौष-४ गते सञ्चालन हुने क्याम्पस श्रोतले जनाएको छ।

क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर लुङ्गेलीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अथिति मेयर थेबे,उपप्रमुख बिष्णुमाया रिमाल, नेकपा एमाले नगर कमिटि अध्यक्ष खम्बासिंह लिम्बु, नेकपा माओबादी केन्द्र माई उपाध्यक्ष रन्जना थापा, नेकपा(एकिकृत समाजबादी)का नगर अध्यक्ष अनिल तामाङ, जनता समाजबादी पार्टी नेपाल माई अध्यक्ष टुपेन्द्र एक्तेन, माई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्रप्रसाद गौतम, सयपपत्री सामुदायिक बनका कोषाध्यक्ष ज्ञानबहादुर कटुवाल, सामुदायिक बिध्यालयको प्रतिनिधित्व गर्दै भगवती माध्यामिक बिद्यालय गोतामेटारका प्रधानाध्यापक सन्देश लिङ्देन, वडा अध्यक्ष मुखराज आङ्देम्बे, नेपाल एकाडेमीका प्रिन्सिपल तोयानाथ घिमिरे, लगायतले राख्नु भएको थियो।
क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष वुद्धिमान कार्कीको स्वागत गरेको कार्यक्रमको सन्चालन सदस्य सचिव एवम क्याम्पस प्रमुख भुपाल अधिकारीले गर्न भएको थियो।






























