ताप्लेजुङ ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका -४ लप्सीबोटेस्थित आमबोटे भीरबाट ५ सय मिटर झरेर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका- ६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























