पत्रकार सहित उत्कृष्ट सदस्यलाई सम्मान गर्दै कर्मणीको ५औ वार्षिक साधारण सभा सम्पन्न

0
805

उमानाथ भण्डारी
कमल , पत्रकार सहित संस्थामा कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान गर्दै झापाको कमल गाउँपालिका ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो ५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सस्थाले सहकारीको क्षेत्रका कमल चलाए बापत हिमशिखर टेलिभिजनका पत्रकार उमानाथ भण्डारीलाई दोसल्ला तथा सम्मान पत्र द्वारा सम्मान गरेको थियो
त्यसैगरी सस्थाले सन्चालन गरेका विभिन्न बचत कार्यक्रममा उत्कृष्ट सदस्य अन्तरगत खुत्रुके बचत तर्फ सुसन राई, पेन्सन बचत तर्फ कोपिला चापागाई, न्युन बचत तर्फ भुमिराज भण्डारी, जेष्ठ नगरिक बचत तर्फ दिननाथ घिमिरे, बतल बचत तर्फ दिपचन पौडेल , कर्मणी नियमित बचत तर्फ टेकराज तिम्सिना, उत्कृष्ट कर्जा तर्फ कविता तामाङ्ग र साधारण बचत तर्फ यामकान्त न्यौपाने तथा २३ औ पटक रक्तदान गर्नुहुने युवराज पराजुलीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कतिपय सहकारीले नाम अनुसारको काम गरेका छैनन् । अबका दिनमा सहकारीले नाम अनुसारको काम गर्दै सदस्यलाई बचत र कर्जा लगानि मात्र गर्ने होईन सदस्यलाई उत्पादनकार्य तर्फ लाउन पर्ने र छरिएर रहेको पुजिलाई एकत्रित गर्दै त्यसलाई उत्पादन तर्फ लगाउनु पर्ने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
२०७३ सालमा २८ जना सदस्य हरु बाट १ लाख ४० हजार रुपैया जम्मा गरी सुरु गरिएको सहकारीले ५ औ वार्षिक साधारणसभा सम्म आईपुग्दा ७ सय ४७ जना सदस्य र १ करोड, २८ लाख, ९७ हजार ५४४ रुपैयाको कारोवार गर्न सस्था सफल भएको भने आगामी आर्थिक वर्षमा १५ लाख ४ हजार ७ सय रुपैया खुद नाफागर्ने लक्ष्य लिएको अध्यक्ष त्रिलोचन गौतमको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पछिल्लो समय सहकारी मोटाउदै गएका छन् तर सदस्य भने जस्ताको तस्तै रहेकोले सहकारीले सदस्यको समग्र उन्नती र प्रगतिका निम्ति गम्भिर हुनुपर्ने अवस्था आएको छ । सहकारीले आफ्नो उद्येश्य अनुसार काम नगरेका कारणले पनि यस्तो अवस्था श्रृजना भएको बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र प्रवद्र्धन समितीका अध्यक्ष चक्र गुरुङ्गले बताउनु भयो ।
सस्थाका सचिव लेखनाथ सुवेदीले सन्चालन गरेको कार्यक्रममा लेखा समिती संयोजक बिकास घिमिरेले लेख समितीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथी तथा सहभागीलाई कर्मचारी कल्पना सापकोटाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here