तमू टोल बिर्तामोड–५को शुभकामना आदानप्रदान सम्पन्न

0
581

अर्जुनधारा ।

तमू ल्होसार–२०७८ को अवसरमा बिर्तामोड–५ स्थित तमू टोलको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय टावर टेम्पल स्कूलको प्राङ्गणमा टोलका अध्यक्ष दिलीप गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तमू ह्यँुल छोंज धी गुरुङ राष्ट्रिय परिषद् सदस्य जलकुमार गुरुङले गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा टोलका ज्येष्ठ सदस्यहरु डम्बरबहादुर गुरुङ, मानप्रसाद गुरुङ, लक्षीमाया गुरुङ, लालबहादुर गुरुङ, वृखबहादुर गुरुङलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङसँगै तमू ह्यँुल छोंज धी प्रदेश नं.१का उपाध्यक्ष आनन्द गुरुङ, झापाका सहसचिव भागिमान गुरुङ, पूर्व अध्यक्ष दुर्गा गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गुरुङ समुदायको गीत तथा नृत्यसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा टोलका उपाध्यक्ष सन्तोष गुरुङले स्वागत मन्तव्य व्यक्त र सचिव लीला गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तमू ल्होसार अन्र्तगत यस वर्ष ल्हों ल्हो अर्थात् गाई वर्षलाई विदा गरी तो ल्हो अर्थात् बाघ वर्षलाई स्वागत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here