मातृभूमिद्वारा पत्रकार उपचार कोषमा २५ हजार

0
344

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोेषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोडस्थित मातृभूमि भलाइ एण्ड इनभेष्टमेन्ट प्रा.लि.ले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीका अध्यक्ष कुलप्रसाद ओडारी, प्रबन्ध निर्देशक टंकप्रसाद दवाडीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

कम्पनीको तेस्रो वार्षिक साधारण सभाका अवसरमा शनिबार कनकाईको धनुषकोेटी पर्यटकीय क्षेत्रमा आयोजित कार्यक्रमकाबीच पत्रकार महासंघको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो ।

कम्पनीका अध्यक्ष ओडारी र प्रबन्ध निर्देशक दवाडीले नागरिकको सूसुचित हुने हक रक्षाका लागि जोखिम मोलेर पेसामा रहेका पत्रकारको सामाजिक सुुरक्षाका लागि सबैले सामाजिक उत्तरदायित्व सम्झेर एकपटकका लागि कोषमा सहयोग गरिदिन अपिल समेत गरे ।

पत्रकार सहारा उपचार कोषमा ५१ लाख रुपैयाँ जम्मा भइसकेको छ भने त्यसको ब्याजबाट महासंघले पत्रकारहरु घाइते र बिरामी हुँदा उपचार खर्च समेत दिँदै आएको छ । कोषलाई एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ अभियान जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here