प्रतिबन्धित जडीबुटी बरामद

0
467

परासी,

भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही टे«डर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here