प्रजातन्त्र दिवसमा सरसफाइ कार्यक्रम

0
422

झापा, 

झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा आज प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत सरकारी कार्यालय आसपासका क्षेत्रमा सफाइ गरिएको हो । सरसफाइ कार्यक्रमपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको थियो ।

जिसस प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षमा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतले प्रजातन्त्र स्थापना गर्न जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुले पु¥याउनुभएको योगदानको कदर गर्नुभएको थियो ।

नजिकिरहेको स्थानीय तहको निर्वाचनबारे चर्चा गर्दै त्यसलाई मर्यादित बनाउन सबै तहबाट जिम्मेवार बनेर लाग्न र लामो समय बिदा नबस्न सरकारी कार्मचारीलाई आग्रह गरिएको थियो । तीन दिनसम्म मनाइने प्रजातन्त्र दिवसमा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, आज साँझदेखि तीनसम्म दीपावली गर्ने कार्यक्रम रहेको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here