महानन्द चोकमा ‘अर्जुनधारा नगरपालिका प्रवेशद्वार’ निर्माण कार्य शुरु

0
693

अर्जुनधारा ।

शनिश्चरे–बिर्तामोड सडक खण्ड अन्र्तगत झापाको अर्जुनधारा–६ स्थित महानन्द चोकमा ‘अर्जुनधारा नगरपालिका प्रवेशद्वार’ निर्माण कार्य शुरु भएको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९मा स्वीकृत वार्षिक बजेट अनुसार नगरस्तरिय योजना अन्र्तगत उक्त प्रवेशद्वार निर्माण कार्य सुरु भएको हो ।

गजुरसहित ३५ फिट उचाई र ६९ फिट लम्बाई(नाली बाहेक) हुने प्रवेशद्वारको जम्मा लागत २८ लाख १२ हजार नौ सय ७१ रुपैयाँ ३१ पैसा रहेको नगरपालिकाका प्राविद्यिक छविरमन पोखरेलले जानकारी दिए ।

जम्मा लागतमध्ये नगरपालिकाबाट २५ लाख रुपैयाँ विनियोजन भएको र बाँकी तीन लाख १२ हजार नौ सय ७१ रुपैयाँ ३१ पैसा श्रमदान रहेको योजनाको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्राविद्यिक पोखरेलका अनुसार प्रवेशद्वारसँगै दुवै भागमा ४.५ फिटका दरले पैदलयात्री, साइकलयात्री र मोटरसाइकलयात्रीहरुको लागि ट्रयाकसहितको थप दुई वटा प्रवेशद्वार निर्माण गरिने छ । गत फागुन २ गते देखि निर्माण कार्य सुरु भएको उक्त योजना चालु आर्थिक वर्षको असार २० गते सम्म निर्माण सम्पन्न गर्नुपर्ने प्रवेशद्वार निर्माण उपभोक्ता समितिका सचिव जीवन राईले जानकारी दिए ।

समितिका अध्यक्षमा श्रीप्रसाद कडेल, उपाध्यक्षमा धुव्रराज राई, कोषाध्यक्षमा बबिता लुङगेली, सदस्यहरुमा अर्जुन सिटौला, उमेश श्रेष्ठ, चेतन भट्टराई, तिलकुमारी नेम्वाङ र पवित्रा श्रेष्ठ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here