ज्येष्ठ पत्रकारलाई १५०००सम्म भत्ता

0
399

काठमाडौं।

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट ज्येष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड– २०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघले स्वागतसहित त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वास प्रकट गरेको छ ।

उक्त निर्णय अनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘ज्येष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको महासचिव रोशन पुरीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघले बिगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here