चिल्ली खोलामा मोटरेवल पुल बन्यो

0
289

लमजुङ, 

चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताउनुभयो । पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ ।

पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here