झापालाई विकासको नया मोडलमा उभ्याउन एकतावद्ध छौं

0
533

प्रेम गिरी,सभासद
हाल के काममा व्यस्त हुनुहुन्छ ?
– पहिलो कुरा, नेपालमा दिगो शान्ति स्थापना गरी संवृद्ध नेपाल निर्माणको वाटो तय गर्न संविधान निर्माण प्रकृयामा प्रभावकारी भूमिका कसरी वृद्धि गर्ने भन्ने सन्र्दभमा संविधान सभा भित्र विचार, बहस, छलफल र बैठकमा आवश्यक समय दिने गरेको छु ।
दोस्रो कुरा झापा–४ को निर्वाचित जनप्रतिनिधिको नाताले क्षेत्रवासीले उठाएका र आफूले पनि महसुस गरेको विकासका योजनाहरु सरकार र अन्य निकायहरुमा प्रस्तुत गर्ने काममा नै बढी समय वितेका छन् ।
सरकारको नया योजनामा झापाको कुन कुन योजना समेटिएको छ ?
– झापाका सभासद तथा राजनीतिक दलहरुले स्थानीय जनताको माग र आवश्यकता अनुसार झापालाई विकासको नयाा मोडलमा उभ्याउने गरी योजनाहरु समेटिएको छ । यसको विस्तृत विवरण रातो किताबमा हेर्न सकिनेछ ।
झापाका ती योजना सरकारी योजनाको रातो किताबमा पार्न तपाईसहित यस जिल्लाका सभासदको भूमिका कस्तो रहयो ?
– हामी झापाली सभासदहरु जुन विचार र निर्वाचन विधिवाट चयन भएर प्रतिनिधित्व गरेका भएता पनि जिल्लाको विकासमा एकतावद्ध एकीकृत सोच र दीर्घकालिन योजनाहरुलाई संगै बढाउनु पर्छ भन्ने मान्यतावाट काम गर्न लागिपरेका छौं । यहााले २२ औं जिल्ला परिषद, झापालाई यसको प्रमाण र हाम्रो भूमीको सुभारम्भको रुपमा लिन सक्नुहुन्छ । परिषदमा हामीले उठाएका साझा विषयहरु समावेश भएर नीतिगत रुपमा संवोधन भएको छ ।
कनकाई वहुउद्देश्यीय योजनाको अध्ययन, भद्रपुर एयरपोर्ट स्तरोन्नति, विरिङ्ग खोला जनताको तटबन्धन कार्यक्रममा समावेश गर्नुपर्ने, भारतवाट ट्रान्समिशन लाईन विस्तार, हुलाकी राजमार्ग, उत्तर–दक्षिण सडक विस्तार तथा स्तरोन्नति, पर्यटन विकास, सिाचाई, विभिन्न नदि नियन्त्रण, पुल सडकहरु, खेलकुद विकास लगायतका कार्यक्रमहरु केन्द्रीय योजनामा समावेश गर्न क्षेत्रसंग सम्वधित आफू–आफूवाट र जिल्लासंग सम्बन्धित साझा भूमिकावाट पहल गर्‍यौं ।
जन उत्तरदायित्व र विकास मोहको लामो स्कुलिङ्गवाट काम गर्दै आएको हुादा विकास खोज्न सिंहदरबार धाउने परम्परागत प्रचलनको प्रवाह नगरिकन मिहेनतका साथ लागि परें ।
सरकारी योजनाको रातो किताबमा पर्न नसकेका काम के के छन् ?
– जिल्लावाट एकीकृत रुपमा उठान भएका र क्षेत्र नं.४ का योजनाहरु समग्रमा हेर्दा प्राय: योजनाहरु रातो किताबमा सम्वोधन भएका छन् । आफ्नो क्षेत्रको कुरा गर्नु पर्दा अत्यन्त मेहेनतको बावजुद पनि केही मुख्य योजनाहरु छुटेका छन् । पूर्वको पशुपतिनाथ–अर्जुनधाराको बृहत्तर विकास योजना, कोच राजवंशी साास्कृतिक केन्द्र, फाल्गुनन्द मिङ्गसो माङ्गहिम संरक्षण तथा प्रवद्र्धन कार्यक्रम लगायत केही भौतिक पूर्वाधार निर्माणका योजनाहरु छुटेका छन् ।
झापालाई विकासको नयाा मोडेलमा उभ्याउन के गर्नुपर्छ ?
– हामी झापाली सभासदहरु जुन विचार र निर्वाचन विधिवाट चयन भएर प्रतिनिधित्व गरेका भएता पनि जिल्लालाई विकासको नयाा मोडलमा उभ्याउन एकतावद्ध, एकीकृत सोचका साथ अघि बढ्ने गरेका छौं । पर्यटन, खेलकुद, कृषि र भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रहरुमा ध्यान पुर्‍याउन अति आवश्यक छ ।
जिल्लाको एकीकृत विकासको रणनीतिक योजना तयार गर्ने, खेलकुद, पर्यटन र कृषि क्षेत्रमा यूवा आकर्षण गर्ने, जिल्लालाई विषेश आर्थिक क्षेत्र कार्यक्रम (क्भ्श्) लागु गराउने, एकीकृत फोहोर मैला व्यवस्थापन गरी कम्पोष्ट मल उत्पादन, नदी नियन्त्रणकालागि जैविक प्रविधिको अवलम्वन, व्यवस्थित बसोवासकालागि लालपूर्जा वितरण, बढ्दो शहरीकरणकालागि व्यवस्थित योजना निर्माण, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, वीरभूमि स्थलहरुको एकीकृत पर्यटन योजना, खाली रहेका सरकारी जमिनहरुको प्रयोग र व्यवस्थापन, स्वास्थ्य, शिक्षा लगायतका सरकारी सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने ठोस योजना, नागरिक समाज र वाणिज्य समाजलाई विकास कार्यमा सह–अस्तित्वका आधारमा सहभागिता गराउने शैली नै झापाको तात्कालीक सर्वागिण विकासको आधारशिला बन्न सक्छ । यी मध्य केही योजनाहरुलाई ठोस रुपमा कार्यान्वयनतर्फ लैजान म झापालीहरुको असल सहजकर्ताको भूमिका निर्वाह गरिरहनेछु । झापाका सरोकारवाला सबै पक्षसंग एकताबद्ध पहलका हात बढाइरहनेछु ।
तपाई झापा क्षेत्र नं.४ बाट निर्वाचित सभासद । त्यस क्षेत्रको विकासकालागि कुन कुन कामलाई प्राथमितामा राख्नुभएको छ ?
– क्षेत्र नं.४ का पहिलो प्राथमिकताको योजनाहरुको कुरा गर्नु पर्दा नदी नियन्त्रण नै हो । जस अन्र्तगत कनकाई नदी पहिले नै जनताको तटबन्धन कार्यक्रममा समावेश भइसकेको छ र उक्त कार्यलाई निरन्तरता दिन आ.व.०७१/७२ कालागि थप चार करोड विनियोजन भइसकेको छ । यस आ.व.०७१/७२ मा विरिङ्ग नदीलाई जनताको तटबन्धन कार्यक्रममा समावेश गराउन सफल भएका छौं । जसका लागि १.५ करोड वजेट विनियोजन भएको छ । साथै क्षेत्र नं.४ को अन्य नदीहरुलाई नियन्त्रण गर्नका लागि केन्द्रीयस्तर र जिल्लावाट वजेट पार्नका लागि हामीले प्रयासहरु शुरु गरिसकेका छौं ।
अर्को मुख्य कुरा गर्नु पर्दा क्षेत्र नं.४ को प्रत्येक गाविसहरुलाई एक गाविस एक पहिचान दिने भनेर मैले निर्वाचनको सिलसिलामा भनेको थिएा त्यस अनुरुप प्रत्येक गाविस र नगरपालिकालाई एक छुट्टा–छुट्टै पहिचानको रुपमा विकास गर्नका लागि म क्रियाशील भएर लागिपरेको छु । जस्तै: साविक सुरुङ्गा गाविस हाल कनकाई नगरपालिकालाई यूवा खेलकुदको क्षेत्रमा परिचित गराउने (खेल मैदान निर्माणका लागि आ.व.०७१/७२ को वजेट कार्यक्रममा संवोधन भइसकेको) त्यस्तै, शनि–अर्जुनलाई पर्यटकीय गन्तव्य, बुधबारेलाई कृषि र खुदुनावारीलाई किारात धर्म संस्कृति प्रवद्र्धन गर्ने क्षेत्रको रुपमा विकास गराउने कार्यमालागी परेका छु ।
निर्धारित मितिमा संविधान जारी होला ?
– निर्धारित मितिमा संविधान जारी हुन्छ । समयमै संविधान जारी गराउन अधिकतम प्रयास भइरहेको छ । समय सिमाभित्र सहमतिवाट संविधान जारी गर्न अन्तिमसम्म प्रयासरत रहने छौं । त्यसो हुन नसकेमा प्रक्रियागत ढङ्गवाट संविधान जारी हुनेछ ।
विगतका विवादित विषयहरुमा सदनमा छलफल भई सहमति नजिक पुग्नु, दलहरुमा लचकता देखिनु, जातीय, क्षेत्रीय विचारका तुलनामा राष्ट्रिय विचार र चिन्तनले राम्रो स्थान पाउनु, विश्व दुनियाा र छिमेकीहरुले सकारात्मक सदभाव प्रकट गर्नु, नागरिकहरुवाट दल, नेता र सभासदहरुलाई खबरदारी भइरहनु जस्ता मुख्य कारण पनि संविधान जारी हुने आधारहरु हुन् ।
झापाबासी अझ क्षेत्र नं.४ बासीलाई के भन्नुहुन्छ ?
– सचेत नागरिकहरुको बसोवास स्थल नै झापा हो । नेपालको परिवर्तित राजनीतिक आन्दोलनको अगुवा जिल्ला हो । पौराणिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक, आर्थिक महत्व राख्ने यस जिल्लाबासीहरुले देशलाई नै सभ्यता र आधुनिकतासहितको नयाा नेपाल निर्माण गर्न विकासका मोडलहरु दिन सक्नु पर्छ । त्यही जिल्लाको एक प्रतिनिधिको नाताले संविधान र विकासकालागि अहम् भूमिका खेल्न दृढ संकल्पित छु । क्षेत्रीय विकासका लागि नयाा, क्रमागत, साना, मझौला, ठूला, अल्पकालीन, मध्यकालीन, दीर्घकालीन सयौं कार्यक्रमहरु चालु वर्षको योजनामा समावेश भएका छन् । सवै राजनीतिक पार्टी, नागरिक समाज, वाणिज्य समाजको एकताबद्ध प्रयासवाट झापालाई नमूना जिल्ला बनाउन हामी आफंैवाट शुरु गरौं, हार्दिक अपिल गर्दछु ।
प्रस्तुति : एकराज गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here