सधवा र विधवा महिलालाई हेर्ने दृष्टिकोण

0
1077

एउटा सामान्य घरकी युवती रीता Sangita copyशाहको बिहे दुई वर्ष अगाडि दुहबीका एक युवकसंग भयो, विहेको एक वर्ष पछाडि रीता एउटा छोरीकी आमा भइन् र डेढ (१.५) वर्ष पछाडि उनको श्रीमानको मृत्यु ब्रेन ट्युमरबाट भयो, अहिले रीतालाई उनको सासुले आफ्नो घरमा राख्न तैयार छैनन् किनभने आफ्नो छोराको मृत्यु को कारण आफ्नो बुहारीलाई मानेकि छिन् । हाल रीता आफ्नो छोरीको भविष्य सम्झेर इश्वरलाई गुहार माग्दै दिन व्यतीत गर्दै छिन् ।
यस्तै सफला श्रेष्ठ आफ्नो श्रीमान र एक छोरा एक छोरीसंग सुखपूर्वक जीवन व्यतीत गर्दै थिइन् तर सडक दुर्घटनामा उनको श्रीमानको मृत्यु भयो । सफला यस्तो दु:खद क्षणमा पनि आफ्ना दु:ख पीडा विर्सेर आफ्नो छोरा–छारीको मुख हेरेर उनको भविष्यका लागि अगाडि आइन् उनी एउटा शिक्षिका भएको कारण उनलाई आर्थिक समस्या आएन र उनको घर परिवार ले पनि उनलाई यथेष्ट सहयोग गरे । आज उनको दुबै सन्तान आफ्नो खुट्टामा उभिएका छन् । विगत सम्झदा श्रीमानको मृत्युले उनको आाखा अहिले पनि रसाउाछ तर उनले सन्तानको खुसीमा आफ्नो पनि खुशी माने की छिन् ।
माथि यी दुबै उदाहरण दिएको कारण यस्तो रहेछ हाम्रो समाज पितृ सत्तात्मक सोचबाट अहिले पनि चली रहेको छ । जहाा एउटा सामान्य महिलालाई धेरै विभेद्को सामना गर्नुपर्छ त्यहीं विधवाहरुको त कुरा नै छोडौं । हाम्रो समाजमा धेरै नियम कानुन छ, तर व्यवहारमा हाम्रो समाजको कानुन, रितीरिवाज सबै धर्म संस्कृतिबाट अडेको छ । घर परिवारले श्रीमान रहुञ्जेल अटल सौभाग्यवती, भाग्यमानी, घरको लक्ष्मीको नामबाट सम्बोधन गरिन्छ तर विधवा हुने वित्तिकै पोइटोक्ने, बोक्सी, संघारे जस्तो संज्ञा भोग्न बाध्य हुन्छन् तिनै महिलाहरु । यस्तै युवा विधवा महिला बाहिरको मानिस भन्दा घर परिवारको व्यक्तिबाट नै यौन हिंसा को शिकार बन्ने संभावना धेरै हुन्छ । आर्थिक रुपमा निरक्षरताको कारण छोरा–छोरीको भविष्य अन्धकार हुने डर हुन्छ, बिमाको रकम, अंश, अनुदानमा पीडित भन्दा परिवार का अन्य सदस्यका आाखा बढी लागेका हुन्छन् । विधवा महिला जो पाको उमेरका हुन्छन् उनीहरु आफ्नो नाति–नातिनी, छोरा–छोरी घर परिवारमा भगवानमा ध्यान लगाएर जीवन व्यतीत गर्छन तर युवा विधवाहरुमा पीडा धेरै हुन्छ । उनीहरुले यौवन कालमै भएपनि सेतो वस्त्र लगाउनु तामसी भोजन त्याग गर्नु, भगवानमा ध्यान लगाउनु पर्छ  तर उनीहरुको पुन: विवाहको विषयमा कसैले ध्यान दिदैन । पहिला–पहिला त झन सती भएर जाने प्रथा थियो, तर यही समाजमा श्रीमतीको मृत्यु पश्चात काजकिरिया सकिनासाथ श्रीमानले दोस्रो विवाह गर्ने चलन थियो । झन हामी महिला नै विदुरलाई यस्तो सल्लाह दिन्छौं, –‘बाबु, अब के गर्ने ! छोरा–छोरीको लागि भएपनि तिमीले त विवाह गर्नै पर्छ । विधवा महिलालाई भने हामीहरु यसो भन्छौं – अब छोरा–छोरी को मुख हेरेर जिउनु पर्छ । हामी भित्र नै कस्तो विरोधाभाष छ, कारण एउटौ भएता पनि, सल्लाह, अर्ती कस्तो फरक हुन्छ ।
आज पनि हाम्रो समाजमा छोरा जन्मिदा मानिस खुशी हुन्छन् किनभने छोराले वंश अगाडि बढाउाछ, छोराको बिहे गर्दा दहेज (दाइजो) दिनु पर्दैन । आमा बुवा मर्दा छोराले मुखमा आगो दिंदा स्वर्गमा बास हुन्छ यस्तो–यस्तो धार्मिक मिथ्याले गर्दा आज पनि छोरा छोरीको विभेद जारी नै छ । हुन त कानुनले धेरै यस्तो नियम ऐन बनाएको छ जसले एकल र विधवा महिलाहरु लाई राहत दिन्छ तर त्यसको फितलो कार्यान्वयनको कारण विधवाहरुको अवस्थामा फरक आउन सकिरहेको छैन । हाम्रो मूल कानुन नेपालको अन्तरिम संविधान २०६३ को धारा १३ को समानताको हक अन्र्तगतको उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुन को समान संरक्षकबाट वञ्चित गरिने छैन । सोही धाराको उपधारा २ मा सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिक माथि उसको जात जाति, धर्म, लिङ्गप, भाषा, वर्ण, वैचारिक आस्था आदि केही कुराको आधारमा भेदभाव गरिने छैन, भनिएको छ । यसबाट समाजिक रुपमा विधवाका विरुद्व हुने गरेका विभेदपूर्ण र हिसांजन्य कार्यहरु संविधानका भावना विपरितका कार्यहरु हुन् । संविधान विपरितका सामाजिक व्यवारहरु  कानुनद्वारा दण्डनीय हुन् भन्ने हो । त्यसैगरी नेपालको अन्तरिम संविधान २०६३ को धारा २० को महिलाको हकको उपधारा–२ प्रत्येक महिलालाई प्रजनन् सम्वन्धी हक हुनेछ भनिएको भने सोही धाराको उपधारा (३) मा कुनै पनि महिला विरुद्व शारीरिक, मानसिक तथा अन्य कुनै पनि किसिमको हिंसाजन्य कार्य गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनिय हुनेछ । यो व्यवस्थासमेत बाट विधवा विरुद्व समाजमा रहेका सबै प्रकारका हिंसाजन्य कार्यहरु, विभेदपूर्ण कार्यहरु, यौनहिंसाका कार्यहरु, संविधान र कानुन विपरित छन् । त्यसैगरी नेपालको अन्तरिम संविधान २०६३ को धारा ३५ को राज्यको नीति अन्र्तगत उपधारा ९ मा राज्यले एकल महिला, अनाथ बालबालिका, वृद्व अपाङ्गसंगै लोपोन्मुख जातिहरुको लागि सामाजिक सुरक्षा गर्नु पर्ने यथार्थलाई स्वीकार गरेको छ , हाल यो भत्ता पााच सय रुपैयााका दरले एकलहरु प्राप्त गर्दैछन् । संविधान बाहेक अन्य प्रचलित कानुनहरु विशेषगरी सम्पतिको प्रश्न जोडिएका कानुनहरुले समेत विधवाको हितको संरक्षण गरेका छन् । मुलुकी ऐनको एघारौं संशोधनले विधवाको समेत संरक्षण गरेको देखिन्छ । मुलुकी अंशबण्डाको ५ न. ले अंश नहुादै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोरीले, सोही महलको १२ न. ले विधवा अंश लिएर भिन्नै वस्ने व्यवस्था गरेको छ । त्यसैगरी मुलुकी ऐन अपुताली महलको २१ न. मा विधवा वुहारीले मृत छोरा सरह अपुताली पाउने त्यस्तै स्त्री अंश धन महलको ११. अनुसार विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल–अचल सम्पति, आफू खुशी गर्न पाउने जस्ता कानुन व्यवस्थाहरु युवा विधवाहरु को पक्षमा बनेको देखिन्छ । माथि उल्लेखित संविधान तथा मुलुकी ऐनले युवा विधवाहरुको हित संरक्षणका लागि केही कानुनी व्यवस्था गरेको भएतापनि कानुन को प्रर्याप्त जानकारी नहुादा,आत्मविश्वासको कमी, म एक्लै के गर्न सक्छु, जस्तो मनोभावहरुको कारण युवा विधवाहरु आफ्नो हक र अधिकारबाट वञ्चित भइरहेको छ । यस्तै शिक्षामा कमि पनि एउटा प्रमुख कारण हो । भनिन्छ, एउटा छोरा पढ्दा एउटा व्यक्ति मात्र साक्षर हुन्छ, तर एउटा छोरी साक्षर हुादा एउटा परिवारनै साक्षर हुन्छ । छोरीहरुलाई घरको काममा अल्झाएर, बाहिरी को संसारबाट टाढा राख्ने कुचेष्टा पनि हुने गर्छ । शिक्षा को अभावले हामी अहिले पनि १८ औं शताब्दीमा बााची रहेका छौं । शहरका दुई चार जना आधुनिक महिलालाई देखेर यस्तो लाग्छ नेपाली महिला कति प्रगति गरेका छन् तर शहर गााउ घरमा आज पनि महिला र विधवाहरु माथि अत्याचार भई नै रहेको छ । हामी जन्म लिन्छांै र मृत्युको मुखमा जान्छौं । जन्म र मृत्यु शाश्वत सत्य हो, हरेक मानिस आफ्नो आयु आफ्नो कर्मको आधारमा पााउछ । कुनै त मरेर जान्छ तर बााच्ने श्रमितीलाई रगतको आाशु रुनको लागि पछाडि छोडी दिन्छ । त्यसकारण घरका मानिसले सोच्नुपर्छ विधवा बुहारी पनि कसैको छोरी हो यस्तो अवस्थामा युवा विधवाहरुलाई केही रोजगार र जागिर गर्न तिर प्रेरित गर्नुपर्छ । केही वर्षको अन्तराल मा उनको विवाहको व्यवस्था माइती र ससुराल पक्षले मिलेर गरी दिनु पर्छ । एउटा हिन्दी कथानक चललित्र बाबुलको सम्झना आउाछ, छोराको मृत्यु पश्चात समाज र घर परिवारको परवाह नगरी ससुराले बुहारीको कन्यादान गरेर एउटा नयाा सोचको शुरुवात गरेको छ । चलचित्र पनि समाजको ऐना हुन्छ । हामी फेशनको नक्कल गर्छौं तर यस्तो कुराको अनुशरण किन गर्दैनौं ? विभेदपूर्ण व्यवहारले सभ्य समाज निर्माण हुादैन, त्यसकारण समाजको विकासका निम्ति हामी सबैले एक अर्काको सहयोगका साथ अगाडि बढ्नु पर्छ ।
क्बलनष्तबचबगलष्थबचघ२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here