व्यर्थ समय बिताउनु भन्दा केही सकारात्मक कार्य गरौं

0
616

परम्परागत Sangita copyसोच अनि रोजगारीको अवसरको कारण धेरै नेपाली महिलाहरु घरमा गृहिणीको रुपमा फुर्सदमा बसिरहेको सबैलाई थाह छ । श्रीमानले कमाएर ल्याएको पैसा थन्क्याउनमा सीमित हुादैछन् महिलाहरु । तर, आजको नयाा युवा पुस्ता अलिक फरक भूमिका निर्वाह गर्दैछन्, उनीहरु रोजगारीतिर वढी आकर्षित भइरहेका छन् जुन सकारात्मक पक्ष हो, आजका महिला चुल्हा चौकामा मात्र सीमित नभइ सडकदेखि सदनसम्म अर्थात सडकमा गिट्टी कुट्नेदेखि संसदमा नीति नियम बनाउनेसम्मको काममा सहभागी भएर सफलताको खुड्किलो चढिरहेका छन् ।
तर पनि नेपाली महिलाको एउटा ठूलो भाग घरभित्र बसेर जीवन बिताइरहेका छन् । दिन कटाउने आधार कि टेलिभिजन, रेडियो र छरछिमेकका महिला मण्डली हुन्छन् । आज धेरै युवा रोजगारीको लागि विदेश पलायन गरेका छन् । घरमा आमा–बुवासाग युवा श्रीमती हुन्छिन् । विदेशको कमाईले युवा महिलाहरुलाई झन आलस्य तिर धकेलिरहेको छ । हातमा एक मुष्ठ रकम आउने हुादा महंगा लुगा, महागा मोबाइल र अनैतिक सम्बन्धतिर वढी लाग्ने गर्छन् । घरमा बस्दा मस्त टिभी खोल्यो र सिरियल हेर्दै दिन बिताउने गर्छन, कुन सिरियलका पात्रले कस्तो लुगा लगायो कस्तो कपाल काटे, कस्तो मेकअप गरेका छन् । साथी–साथीबीच यस्तै अनुत्पादक गफ गरेर दिन बिताउाछन् ।
शहरका महिला भन्दा बरु गाउाघरका महिलाहरु अलिक धेरै जाागर चलाउाछ । उनीहरु विहान बेलुका गाईबस्तुको हेरचाह गर्दै खेतबारी तिर बढी व्यस्त हुन्छन् । आजभोलि त गाउाघरका महिलाहरु झन संगठित भएर बंगुर पालन, बेमौसमी तरकारी र सहकारीतिर बढी आकर्षित भइरहेको छन् ।
यस्तै कति महिला धेरै गुणवान र शिक्षित हुन्छन् । तर उनका श्रीमानले वा घरका अग्रजले बाहिर गएर जागिर खान अनुमति दिादैनन् । यस्तो अवस्थामा क्षमतावान महिलाहरुमा धेरै समस्या पनि देखापर्छ, आफ्नो शिक्षा यस्तै व्यर्थ गएकोमा कति महिला तनावमा बााचिरहेका हुन्छन् । भनिन्छ– खाली दिमाग सैनातको घर । त्यसकारण शिक्षा र कलालाई उपयोग गर्नको निम्ति घरका मानिसलाई सम्झाएर घरमा नै विभिन्न कोर्षहरुका कक्षा सञ्चालन गरेर आफ्नो सीपको विकास र आम्दानी गर्न सकिन्छ, घरमा नै व्यूटी पार्लर, सिलाई, कटाई, पेन्टिङ ट्यूसन जस्तो कक्षा सञ्चालन गर्न सकिन्छ, जसको श्रीमानको व्यवसाय छ, दिउासो पसलमा गएर समय बिताउादा पनि श्रीमानलाई सहयोग हुन्छ ।
जुन महिला आर्थिक रुपमा सक्षम छन् उनले विभिन्न संघ–संस्था, क्लबहरुमा सदस्यता लिएर विभिन्न प्रकारको सामाजिक कार्यक्रम गरेर समृद्ध समाज बनाउनमा योगदान दिन सक्छन् । यसो गर्दा आफूलाई सकारात्मक रुपमा व्यस्त राख्न सकिन्छ, यस्तो कार्यले आत्मविश्वास बढ्छ, समाजमा घुलमिल हुन्छ, धेरै कुराको ज्ञान र अनुभव प्राप्त हुनसक्छ ।
यसरी आफूलाई अपडेट राख्न पत्र–पत्रिका पढ्नुपर्छ । भनिन्छ– किताब मानिसको सबैभन्दा राम्रो मित्र हो । तर आजको हाइटेक आधुनिक जमानामा मानिस किताब त्यति पढ्दैनन् । तर, किताब पत्रपत्रिकाहरु पढ्दा ज्ञान वृद्धि हुन्छ । शहरिया महिलाहरुलाई त अझ बढी अवसर छ । जस्तो कि विभिन्न पुस्तकालयमा गएर मनपर्ने विषयका पुस्तक पढ्न सकिन्छ । त्यस्तै कुनै महिलालाई लेख्ने कला आाउछ भने गीत, कविता, निबन्ध लेखेर विभिन्न पत्र–पत्रिकामा छाप्नको लागि पठाउनुपर्छ । पुरुषहरुको आरोप छ– महिलाहरु कुरौटे हुन्छन्, अरुको कुरा सुनेर दिन बिताउाछन्, उनको पेटमा बात पच्दैन । यस्तो आरोप परापूर्वकालदेखि वर्तमानसम्म लाग्दै आएको हो । घरधन्दा सकियो अनि के गर्ने ? साथीभाइ जम्मा भयो, उपब्धिमूलक कुरा आउादैन । के गरेर समय बिताउने भन्दा फलानोले यस्तो गर्‍यो ढिस्कनाले यस्तो गर्‍यो, उसको छोरीको चालचलन ठीक छैन ? यसको श्रीमानको अरुसाग चक्कर छ । केही नभए छिमेकीसाग झै झगडा गरेर पनि दिन बिताउनेहरुको कमी छैन । यदि उनीहरुले समयको सही सदुपयोग गर्ने हो भने त्यस्ता कुरामा ध्यान पनि जाादैन र त्यस्ता कुरा गर्न फुर्सद पनि हुादैन । गृहिणीहरुले खाली समय सदुपयोग गरी अगाडि बढेमा उनीहरुको व्यक्तित्वको विकास हुन्छ, सकारात्मक सोचको विकास हुन्छ, जीवनप्रति उत्साहको सिर्जना हुन्छ । केही सकारात्मक कार्य गर्दा आर्थिक पक्ष सबल हुादै जान्छ, आर्थिक रुपमा सहयोग गरेर श्रीमान र परिवारको माया पाउन सकिन्छ । कुनै काम गर्नको लागि उमेरको बन्देज देखाएरपछि हट्नु हुादैन, एकचोटी प्रण गरेपछि त्यस कामलाई सफल गर्न पछि पर्नुहुादैन । भनिन्छ जब आाखा खुल्छ, त्यही बेला बिहान हुन्छ । त्यसकारण शुभ कार्य गर्नको निम्ति दृढ इच्छा शक्ति लिएर अगाडि आउनुपर्छ । अनि मात्र महिलाहरु पनि पुरुष सरह कााधमा–कााध मिलाएर देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले अबदेखि हामीले कुरा होइन आफ्नो क्षमता अनुरुप काम गरेर अगाडि बढ्नुपर्छ ।
क्बलनष्तबचबगलष्थबचघ२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here