मेची क्याम्पसको स्वर्ण महोत्सव: भव्य र सभ्य सम्पन्न

0
490

सुर्योदयको जिल्ला भनेर चिनिने भद्रपुर स्थित मेची नदीको किनारमा रहेको पुरानो ‘पद्म–भद्रपुर पब्लिक हाई स्कूल’मा २०२१ सालमा स्थापना भएको मेची महा विद्यालय हाल मेची बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव ऐतिहासिक महत्व राख्दै भव्य एवम् सभ्य कार्यक्रम सहित आइतबार सम्पन्न भएको छ । असोज २ गते गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा समुदघाटन गरिएको महोत्सवको समापन समारोह असोज ४ गते सोही विद्यालयका पूर्व विद्यार्थी एवम् हाल नेपाल राष्ट्र बैंकको प्रथम झापाली गभर्नर डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रमबीच सम्पन्न भएको हो ।
स्वर्ण महोत्सवमा प्रथम प्रिन्सीपल जगतबन्धु कार्की, विद्यार्थीका रुपमा पहिलो नम्बरमा नाम दर्ता गराएका विद्यार्थी तथा अहिलेको समाजसेवी/उद्योगपति जगदिश मिण्डा, पहिलो प्रशासनिक र कार्यालय सहायक, पहिलो अनि सबैभन्दा बढी जग्गादाता शिक्षासेवी देवीप्रसाद उप्रेतीको निधन भएकोमा उनकी धर्मपत्नी लगायतका जग्गादाता, भवन निर्माता समेत प्राध्यापक, पूर्व प्रमुखहरु लगायतलाई राष्ट्रपतिद्वारा सम्मान गराइएको थियो । खाउा–खाउा, लाउा–लाउा भन्ने युवाअवस्थामा नै कलेजको विभिन्न ओहोदामा स्थापनाकालमा सेवा पुर्‍याएर जीवनको उत्तराद्र्धमा प्रवेश भइरहेका ज्येष्ठ नागरिककारुपमा  उक्त समारोहमा भएको पुन:मिलनलाई ऐतिहासिक महत्वको समागम मानिएको छ । चियाका विद्यार्थीहरुले चखाएको विभिन्न स्वादका चियाले अझ कार्यक्रमलाई सुखद अनुभूति दिलाएको छ ।
वास्तवमा सम्मान कार्यक्रममा उहिलेका जल्दा बल्दा युवा व्यक्तित्वहरु जगतबन्धु कार्की, मोहनलाल अग्रवाल, चुडामणि रेग्मी, मोहनराज शर्मा, माधव भाडारी, गणेश झा, बालकृष्ण चौधरी, कृष्ण पोखरेल लगायत विद्यार्थीहरु जगदिश मिण्डा, शतिसचन्द्र राय, चर्तुभूज अग्रवाल, गोविन्दचन्द्र क्षेत्री, ओम साहेवाल सहितको उपस्थितिले समारोहलाई गरिमामय बनाएको अनुभव भएको थियो । अझ सञ्चालक समितिका पदाधिकारीहरु लगायत पूर्व प्राध्यापकहरुको पनि समुपस्थितिले कार्यक्रमलाई अझ भव्यता प्रदान गरेको थियो ।
समारोहको माइल खुट्टीका रुपमा स्वर्ण महोत्सव स्मारिकाको प्रकाशनलाई लिन सकिन्छ । स्मारिकाको पृष्ठहरुमा समावेश लेख, रचना, स्मरण लगायतका विवरणको प्रस्तुतिले क्याम्पसको इतिवृत्तात्मक अभिलेख सगं्रहणीय भएको छ । विभिन्न मनोरञ्जनात्मक, बौद्धिक आश्वाद प्राप्त गराइएको तीन दिने कार्यक्रम वास्तवमा शुभारम्भ जस्तो भव्य र सभ्य भएको थियो समापन अझ ऐतिहासिक महत्वको बनेको छ । ५० वर्षमा मेची नदीमा धेरै पानी बगेर गयो । त्यही अनुसार त्यहााबाट उत्पादित योग्य शैक्षिक जनशक्ति दीक्षित भएर राष्ट्रसेवाका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् । अझै यसरी नै यो शैक्षिक सेवाको अविरल यात्रा अनन्तकालसम्म बढिरहोस् । हर्ष बढाईका साथ निरन्तर उन्नति र प्रगतिको लागि शुभभावना सहितको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here