शिक्षा विकास माविमा सचेतना कार्यक्रम

0
334

पथरीशनिश्चरे ।

महिला पुर्नस्थापना केन्द्र ओरेकको आयोजनामा लेटाङ नगरपालिका–५ मा रहेको शिक्षा विकास माध्यमिक विझालयका छात्र छात्राहरुलाई सार्वजनिक स्थलमा महिला तथा वालवालिका माथि हुने हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

महिला तथा बालबालिका माथि हुने ‘गुड टच व्याड टच’ र विद्यालयमा हुने लैगिंक हिंसाको कारण विद्यार्थीमा पर्ने मनोसामाजिक असरसम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गरिएको हो ।

उक्त विद्यालयमा अध्ययनरत कक्षा –५ देखि कक्षा १० सम्मका २४० विद्यार्थीहरूलाई सहभागिता जनाएका थिए । कार्यक्रममा शिक्षा विकास माविमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई ३ समुहमा विभाजन गरि कक्षा सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम पश्चात कार्यक्रममा सहभागीहरुलाई समुह मनोविमर्श सेवा, व्यक्तिगत मनोविमर्श सेवा समेत प्रदान गरिएको महिला पुनर्स्थापना केन्द्र ओरेक मोरङ्गले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here