मोरङ ।

मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागूऔषध ट्याब्लेट सहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका–९ का २० बर्षीय विवेक घिमिरेलाई प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।
लागूऔषधसहित पक्राउ परेका घिमिरेको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको बताइएको छ ।






























