ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
509

सुनसरी ।

सुनसरीको रामधुनि–५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्ब तर्फ आउँदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार झुम्का–३ का २८ बर्षीय अर्जुन ऋषिदेब र सोहि स्थानका २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएको र उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएको थियो ।

ट्याक्टरबाट लडेर घाईते भएका ऋषिदेवको उपचारको क्रममा सोहि अस्पतालमा आज बिहान मृत्यु भएको हो । चालक र ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here