बालिका हिंसा न्यूनीकरणमा किशोर–किशोरी

0
562

काठमाडौँ,  असोज  २५ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज विभिन्न जिल्लाका ६० जना किशोर–किशोरीलाई बालिका हिंसा न्यूनीकरणमा उनीहरुको भूमिकाका सम्बन्धमा अभिमुखीकरण गरिएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा युनिसेफ, केयर नेपाल, सिविन, प्लान नेपाल, आमा मिलन केन्द्रलगायत १३ वटा सङ्घसंस्थाले संयुक्त रुपमा अभिमुखीकरणको आयोजना गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ, काभ्रे, कैलाली, बाँके, कास्की, दोलखालगायतका जिल्लाका किशोर–किशोरी सहभागी रहेका छन् । सिविनका कार्यक्रम अधिकृत सोनी पियाले ‘जीवन उपयोगी’ नाम दिइएको सो कार्यक्रममा किशोर–किशोरीले आफ्नो समुदायका बालिकाप्रतिको हिंसालाई पहिचान गर्ने बताइन् ।

उनीहरुले समस्या पहिचान गर्नुका साथै त्यसको न्यूनीकरणमा आफ्नो भूमिका के हुन सक्छ भन्ने विषयमा समेत छलफल गर्ने उनले  बताइन् ।   आफ्ना वरपर रहेका बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि किशोर–किशोरीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुका लागि यसप्रकारको कार्यक्रम गरिएको उनको  छ ।

नेपालमा १८ वर्ष मुनिका ६० लाख बालबालिका रहेकामा ५१ प्रतिशत सङ्ख्या बालिकाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here