दुई युवती र छ बालिकाको उद्धार

0
424

purwanchalपथरी,  असोज २५  । नेपालबाट रोजगारीका लागि भारत लैजाँदै गरेको अवस्थामा जोगवनी नाकाबाट आज छ बालिकासहित दुई युवतीको उद्धार गरिएको छ ।

उनीहरुलाई ‘साना हात नेपाल’ र भारतको ‘आड्रा इन्डिया’नामको गैरसरकारी संस्थाले इलाका प्रहरी कार्यालय रानीको सहयोगमा जोगवनीबाट उद्धार गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार उद्धार गरिएकामा सिराहा लाहानकी आठ वर्षीया एक बालिका, सप्तरी सिम्राहा सिंग्यौन र रघुनाथपुरका १२, १४, १५ र १७ वर्षका बालिका र मकवानपुर हाँडीखोलाकी २० र २७ वर्षीया युवती छन् । उद्धार गरिएका बालिका तथा महिलालाई ‘साना हात नेपाल’मा राखिएको  प्रहरीको भनाइ छ ।

भारतमा घरेलु कामदारका रुपमा रोजगारी दिने प्रलोभन देखाएर भारतको राजस्थानमा बिक्री गर्न लैजाने सप्तरी सीतापुर–८ का ३१ वर्षीया रिता खड्का, झापा जलथल–८ की २९ वर्षीया पुजा पोख्रेल र सप्तरी धरमपुर–८ का पुष्कर निरौलालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here