१५ करोढ बढीको लगानीमा विरीङ खोलामा पुल निर्माण हुँदै

0
529

सुरुङ्गा असोज २५ हुलाकी राजमार्ग अन्तर्गत बिरीड खोलामा पक्की पुल निर्माण कार्य शुरु भएसंगै दक्षिणी झापाका सर्व साधारणमा खुसियाली छाएको छ ।
हुलाकी राजमार्ग सडक आयोजनाकोे १५ करोड बढीको लगानीमा पुल निर्माण कार्य प्ररम्भ भएसगैं सर्वसाधारणमा खुसियाली छाएको हो । हुलाकी राजमार्ग अन्तर्गत राजगढ र शरणामती गाबिसको बीच भएर बग्ने बिरीङ खोलामा पुल निर्माण कार्य प्ररम्भसंगै पश्चिम दक्षिण झापाका सर्वसाधारणलाई सदरमुकाम आवत जावतमा सहज पुग्ने भएपछि उनीहरुमा खुसियाली छाएको हो ।  झापाको पुरानो सदरमुकाम झापा बजार आसपास र टाघनडुब्बा, शरणामती, कुमरखोद लगायतका गाबिसका स्थानीयलाई राजगढ बजार आवतजावतमा समेत पुल निर्माणले सहजता पुग्ने राजगढ गाबिस सचिव तेजप्रसाद रेग्मीले बताए ।
तीन बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण शुरु गरिएको पुलको लम्वाई तीन सय १९ मिटर रहेको पुल निर्माणमा खटिएका ठेकेदार चिरञ्जीवी कोईरालाले जानकारी दिनुभयो । हाल पुलको पिलरिइको काम भईरहेको छ । पुलका लागि  नौ वटा पिलर बनाउने सम्झौता भएको बताईएको छ । यस अघि खोलामा पुल नहँदा सो क्षेत्रका बिद्यार्थी र सर्वसाधारणले सबैभन्दा बढी समस्यामा  झेल्दै आएका थिए । सो क्षेत्रका विद्यार्थी दैनिक राजगढ स्थित पशुपति उच्च माध्यमिक विद्यालय सहित राजगढमा सञ्चालित तीनवटा तीनवटा निजी बिद्यालयमा  अध्ययनका लागि आवतजावत गर्ने गर्छन । उनीहरु विरीङ खोलामा पुल नहुँदा दैनिक चर्को शुःल्क  तिरेर जोखिमपूर्ण तवरले डुङ्गामा चडेर खोला वारी पारी गर्ने गरेको  स्थानीय शिक्षक लोकवन्धु कटुवालले जानकारी दिए ।
नेपाल र भारतको सीमा नजिकै पुलको निर्माण कार्य शुरु भएसंगै व्यवसायी समेत उत्साहित बनेको राजगढमा विगत लामो समयदेखि व्यपार व्यवसाय संचालन गर्दै आउनु भएका स्थानीय व्यवसायी तीलक गड्तैला बताउछन् । उनी भन्छन्–‘ विरीङ खोलामा पुल वने व्यापारिलाई मात्र होइन दक्षिणी झापाका हजारौलाई फाइदा पुग्छ ।’
त्यसोत खेतीको समयमा राजगढ, चकचकी, गोलधाप, जलथल,घेरावारी लगायतका आधा दर्जनबढी गाविसका अधिकाशं नेपाली कृषक नजिकै रहेको  भारतीय बजार दीघलबैंकमा मल वीऊ तथा अन्य घरायसी सामाग्री किनमेलका लागि जाने गरेका छन् ।    भद्रपुरबाट झापा चौक हुँदै  बिराटनगर सम्मको हुलाकी राजमार्गको निर्माणका लागि कन्ट्रयाक आउट भई नसके पनि खोलामा पुल बन्न शुरु गरेसंगै राजगढ, पन्थापाडा, शरणमती लगायतका स्थानमा भिटा प्लटिङ्ग गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दै गईरहेको छ ।
यता पुल निर्माणको शुरुवातसंगै राजगढ र शरणमती गाविसका  स्थानीयले खोलाले बर्षेनी धार परिर्वतन गर्ने गरेकाले खोलामा तटबन्धन गर्नसमेत माग गरेका छन् । गतवर्ष विरीङ खोलामा आएको वाढीले सो क्षेत्रका सर्वसाधारणको पचासौं बिगाह जमिन बगरमा परिणत गरेको थियो । वर्षेनी खोलाले धार परिवर्तन गर्दै कृषकको खेत वगरमा परिणत गर्ने गरेकाले पुल बन्दै गरेको स्थानमा तटबन्धन अति आवश्यक रहेको नेपाली कांग्रेस झापाका सदस्य खड्गनारायण  राजवंशीले बताए ।
यस अघि नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोपको सहयोगमा  सो स्थानमा तटबन्धन गरिएको थियो । तर, गत वर्ष आएको बाढीले तटवन्धन भत्काउन शुरु गरेपछि स्थानीयले पुनः तटवन्धनको माग गरेका हुन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here