परासी,असोज २५ । नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गैँडाकोट नगरपालिकाको वडा नं ९ थुम्सीमा आफ्नै घरमा केटीहरु राखेर देह व्यापार गराउँदै आएका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
देह व्यापारमा संलग्न १६÷१७ वर्षका तीनजना केटीसहित गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
गुरुङले पहिलेदेखि नै देह व्यापार गराउँदै आएको स्वीकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देह व्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ ।
गुरुङले देह व्यापारबाट नै गैँडाकोट–९ थुम्सीमा घर बनाएको जनाइएको छ । देह व्यापारमा संलग्न उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाइएको गैँडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए । रासस