सुरुङ्गा असोज २७ । विद्युत प्रसारण लाइनको तार चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका – १५ निवासी अनुप श्रेष्ठ र सप्तरीको कल्याणपुर – ६ निवासी शम्भुप्रसाद पासवान रहेका छन् । उनीहरुलाई प्रहरीले झापाको दमकबाट विद्युतको तर सहित पक्राउ गरेको हो ।
मे.५ प ९४०० नम्बरको मोटरसाइकलको प्रयोग गरी उनीहरुले विद्युत प्रशारण लाइनको तार चोरी गर्ने क्रममा सशस्त्र प्रहरी बल पाथीभरा गण लखनपुरबाट खटेको गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विद्युत प्रसारण लाइनको तार चोरीमा सम्लग्न उनीहरु उपर कारवाही अघि बढाइएको बताइएको छ ।