पथरी, असोज २७ । प्रहरीले ५० क्युविक फिट चिरानी गरेको काठसहित एकजनालाई गएराति पक्राउ गरेको छ ।
विराटनगर–२२ स्थित मटेरुवाबाट बुधनगरतर्फ लैजाँदै गरेको को१त ४७०३ नम्बरको ट्र्याक्टरमा लोड गरिएको सो परिमाणको काठसहित ट्र्याक्टर चालक ५५ वर्षीय लक्ष्मी मण्डललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
छुटको म्याद नाघेको पुर्जीका साथ लैजाँदै गरेकोे काठसहित ट्र्याक्टर चालक मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।