मातृभाग्य वचत तथा ऋण हसकारी संस्थाका सदस्य अर्जुन कटुवाललाई असल ऋणीका रुपमा सममान गर्दै । आवद्ध सहकारीमा असल ऋणीकै रुपमा सम्मान गरिदै सुवर्ण विश्वकर्मालाई ।
बिर्तामोड, असोज २७ । मातृ भाग्य बचत तथा ऋण सहकारीको तेस्रो साधारण सभाबाट पुनः खड्गप्रसाद दाहाल नै अध्यक्षमा सर्ब सम्वत चयन भएका छन् ।
डिभिजन सहकारी कार्यालय झापाका निमित्त कार्यकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाको बन्द सत्रबाट दाहाल सर्बसम्वत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा कुलप्रसाद खरेल,सचिवमा दिनेश सिटौला कोषाध्यक्षमा सोम निरौला चयन भएका छन् । समितिको सदस्यमा रुद्र नेपाल, विनोद शर्मा वजगाई, गोमादेवी सिटौला, नैनाकला भट्टराई , धु्रव भट्टराई गणेश सिवाकोटी यादवचन्द्र दाहाल रहेका छन् ।
साधारणसभाले लेखा संयोजकमा टंक दवाडीलाई चयन गरेको छ भने सदस्यहरुमा मदन पौडेल, तथा माया प्रधान रहेका छन् ।
समितिका उपाध्यक्ष कुलप्रसाद खरेलले स्वागत गरेको कार्यक्रममा उत्कृष्ठ ऋणीको रुपमा कनकाई नगरपालिका – ७ लक्ष्मीपुर निवासी अर्जुन कटुवाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष दाहालले आफ्नो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको हाल चुक्ता पूँजी ९० लाख ८७ हजार पाँचसय रहेको बताएका थिए । त्यस्तै निक्षेप तर्फ गत वर्ष लिइएको लक्ष्य अनुरुप १९ प्रतिशतले वृद्धि गर्दै सात करोड ४८ लाख ६० हजुर ८१ पु¥याएको बताए । उनले सहकारीले गत वर्ष पाँचलाख ४१ हजार २ सय २३ रुपैयाँ बचत गरेको र आर्थिक वर्ष ०७१÷०७२ मा २६ करोड ९७ लाख ७५ हजार ६ सय ७६ रुपैयाँ कारोवार गर्ने लक्ष्य लिइको बताए ।
कार्यक्रममा झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्की, नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरी , नयाँ उज्यालो वचत तथा ऋण सहकारी संस्थाका विश्वेश्वर वजगाई वीपिन, गोदावारी वचत तथा ऋण सहकारीका उपाध्यक्ष गुरुप्रसाद अधिकारी , मातृभाग्य रेखा वस सेवाका संस्थापक अध्यक्ष प्रेमप्रसाद दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव दिनेश सिटौलाले गरेका थिए ।
उता आवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिर्तामोडले आर्थिक वर्ष ०७०÷०७१ मा एकलाख तीन हजार ६ सय ५६ रुपैयाँ ६६ पैसा आम्दानी गरेको छ । दुई वर्षअघि १७ लाख ४२ हजार चारसय सेयर पूँजीबाट कारोवार सुरु गरेको सहकारीले आगामी बर्ष २० लाख कुल आम्दानी गरी पाँचलाख बचत गर्न लक्ष्य लिएको सहकारीका अध्यक्ष अच्यूत दाहालले दोस्रो वार्षिक साधारण सभामा प्रतिवेदन बाचन गर्दै जानकारी गराए ।
जिल्ला सहकारी संघ झापाका सचिव गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत रवणविलाश लुइटेलले गरेका थिए । कार्यक्रममा असल ऋणीका रुपमा सुवर्ण विश्वकर्मा र असल वचत कर्ताका रुपमा राधा प्रसाइलाई सम्मान गरिएको थियो । कार्यक्रममा झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, राष्ट्रिय वाणिज्य वैंक विराटनगरका प्रवन्धक भोलानाथ पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन राजन वाग्लेले गरेका थिए ।
उता वुद्ध नगर टोल सुधार समिति बिर्तामोडको प्रथम वार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन संविधान सभा सदस्य सुधीरकुमार सिवाकोटीले गरेका थिए । कार्यक्रम युवराज प्रसाईको अध्यक्षतामा भएको थियो ।