भद्रपुर, असोज २७ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापामा एसपी प्रेमराज पोखरेल आएदेखि भद्रपुर सीमा क्षेत्रमा कडाई गर्नुका साथै भन्सार छलेर नेपाल भित्राएका सामान बरामद गर्न थालेपछि तस्कर नयाँ बाटो रोज्न थालेको पाइएको छ ।
भारतको गलगलियाबाट झापाको भद्रपुरनाका हँुदै नेपाल भित्राउने सरसामानहरु तस्कर समूहले भन्सार छलेर भित्राउने कार्यमा लागि परिरहेको अवस्थामा एसपी पोखरेल आएदेखि सीमा क्षेत्रमा कडाई गर्न थालेपछि तस्करहरु नयाँ बाटो राज्न बाध्य बनेका हुन् ।
त्यतीमात्र नभर भद्रपुर छोटी भन्सार कर्मचारीको मिलोमतोमा भन्सार परिसर भित्रैबाट मिलोमतो सामान तस्कर भइरहेको मेची भन्सार कार्यालय काकरभिटटालाई अख्तियार दुरुपयोग अनुसन्धानले ध्याआकर्षण गराएपछि अहिले यस भन्सारमा पनि कर्मचारीले राजश्व संकलनमा कडाई गरेको पाइएको छ । सशस्त्र प्रहरी र भन्सार कार्यालय दुवै निकायले एकैचोटी सामानमा कडाई गरेकोले तस्करहरु अव नया बाटोको खोजिमा लागिपरेको सशस्त्र प्रहरी स्रोतको भनाई छ । यसैक्रममा शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयबाट खटिएको गस्ती टोलीले गत शुक्रवार साझ महेशपुरबाट २ लाख बढीको सामान बरामद गरेपछि तस्करहरु भद्रपुर छाडेर महेशपुर तर्फ केन्द्रित भएको प्रष्ट भएको छ । महेशपुर प्रहरी चौकी नजिकै रहेको आपगाँछी छेऊबाटै सशस्त्र प्रहरीले उक्त मुल्य बराबरको सामान बरामद गरेको सिमा कार्यालय झापाले जनाएको छ । तिहारलाई मध्यनजर गरी भित्राएको बिजुलीका बत्ती, अन्य इलोक्ट्रोनिक्स सामान, लत्तापकडा बरामद गरेको थियो । बरामद सामानहरुलाई मेची भन्सार कार्यालय काकरभिटटा बुझाइसकेको सिमा कार्यालय झापाले जनाएको छ । भद्रपुर सीमा क्षेत्र कडाई भएपछि महेशपुर, पृथ्वीनगर नाकाबाट सम्बन्धित प्रहरी चौकी इन्चार्जहरुको मिलोमतोमा तस्करहरुले अहिले ठूलो परिणाममा सुत्र्ती, लत्ताकपडा, इलोक्ट्रोनिक्स तथा हाडवेयरका सामानहरु भन्सार छलेर भित्राउन थालेको स्थानीय स्रोतले जनाएको छ ।