असहमतिले नयाँ नेतृत्व आउन सकेन

0
377

purwanchal
[बिनोद सापकोटा ]
दुधे, असोज २८ । माइधाम व्यापारी बचत तथा ऋणसहकारी संस्थाको  छैटौ वार्षीक साधरण सभा आज सम्पन्न भएको छ । माइधारको बजार क्षेत्रमा आयोजित सो सभा जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष पदमलाल अधिकारीको सभापतित्वमा भएको थियो ।
संस्थाका उपाध्यक्ष कमलप्रसाद दाहालले स्वागत गरेको सो कार्यक्रम सचिव दिपक पोख्रेलले संचालन गरेका थिए । सो सहकारीले गत आव ०७० ÷०७१ का उत्कृष्ठ निक्षेपकर्ता र कर्जा फिर्ता कर्ता लाई सम्मान गरेको थियो । माईधार क्षेत्रबाट उत्कृष्ठ कर्जा फिर्ता कर्ता लेखराज सिटौला र बचत कर्ता लक्ष्मी देवी साक्यलाई सम्मान गरेको छ । यस्तै सुरङ्गा क्षेत्रबाट निक्षेप तर्फ बलराम अधिकारी र कर्जा तर्फ राधिका दाहाललाई सम्मान गरिएको छ । यता दुधे क्षेत्रबाट उत्कृष्ठ बचत कर्ता सान्ता गौतम र कर्जा फिर्ता कर्ता मीना खड्कालाई सम्मान गरिएको छ भने झिलझिले क्षेत्रबाट सोमबाहादुर तामाङ्गलाई सम्मान गरिएको छ ।
सो सहकारी ंसंस्थाले चालू  वर्षदेखि चार पाङ्गग्रे सबारी साधनमा पनि लगानी गर्ने जनाएको छ । हाल दिदै आएको धितो कर्जालाई बढाएर मूल्याँकनका आधारमा ७ लाख रुपैयाँ सम्म सदस्यलाई कर्जा प्रवाह गर्ने अध्यक्षले प्रस्ताव गरेका छन् । यस्तै सो संस्थाले २१ हजार कित्ता शेयर बिक्रीको प्रस्ताव पेस गरेको छ । कुल ५९ लाख ४९ हजार शेयर पूँजीलाई बढाएर ८० लाख पुर्याउने लक्ष्य सो संस्थाले लिएको छ ।
गत आवमा सो संस्थाले २० लाख ८२ हजार ९ सय ५१ रुपैयाँ मुनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक बलराम आचार्यले प्रस्तुत गरेको सामाजिक लेखा प्रतिवेदनमा उल्लेख गरेको छ ।
साधरणसभामा जिल्ला सहकारी संघका अध्यक्ष हरिचरण बानियाले मुलुकको आर्थिक गति लाई सहकारी संस्थाले सहयोग गरेको बताए । उनले गाउँ गाउमा स्थापना भएका सहकारी संस्थाका माध्यमबाट पूँजीलाई एककृत गरी मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन सहकारी संस्था क्रियाशिल रहेको बताए । सो सभामा सतासीधाम गाविसका सचिव जयनारायण खनालले सहकारीले सवै बर्ग समुदाय र लिङ्गलाई समेटेका कारण यसको प्रभुत्व छुट्टै रहेको बताए । माईबेनी महिला कृिष सहकारी संस्थाकि अध्यक्ष रोहिता भट्टराईले पुरुष नेतृत्वका संघ सस्थाले महिला लाई उपेक्षा गरेको आरोप लगाईन । हरेक महिलालाई आमा भनेर सम्मानका साथ पूजा गर्ने तर व्यवहारमा नउतार्ने पुरुष नेतृत्वका संघ संस्थाले महिला बिना के नै प्रगति गर्न सक्छन भन्दै उनले नारी नेतृत्व र अगुवाईमा भएका कार्यक्रम मा सहभागी भएर पाठ सिक्न अनुरोध गरिन । भट्टराई नेतृत्वको माईबेनी कृषि सहकारी संस्थाको हालै सम्पन्न साधारण सभामामा निम्ता गरेर पनि पुरुष नेतृत्वका संघ सस्थाले अनुपस्थीत भएर असहयोग गरेको उनको आरोप छ । सो कार्यक्रममा गैडे कृिष सहकारी संस्थाका अध्यक्ष समध्वज कार्की , गैडे सामुदायिक बनका अध्यक्ष देवीप्रसाद सिटौला , स्थायीय समाज सेवी कर्णबाहादुर थापा , लीला भट्टराई , झापा उध्योग वाणिज्य संघ सतासीधामका उपाध्यक्ष ईन्द्रदेव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच अध्यक्ष उपाध्यक्ष र सचिव पदमा आकाक्षी संख्या धेरै भएकाले सो संस्थाको छैटौ बार्षिक साधारण सभाको बन्द सत्रले सर्व सम्मत नयाँ नेतृत्व चयन गर्न सकेन् । तीन वर्षे कार्यकाल रहेको सो सहकारी संस्थाको पदमलाल अधिकारी नेतृत्वको समितिको पदावधि सकिए लगतै रिक्त पदमा आकाँक्षीको संख्या बढेको हो ।
अधिकारीले पुन अध्यक्ष पद दाहोर्याउने बताएका छन् । सहकारी संचालनको बिधि र प्रक्रिया भर्खर मात्र बुझ्न थालेकाले अवको एक कार्यकाल आफैले लिनका लागि उमेद्धारी दिने उनले बताए । उता यसअघि उपाध्यक्ष रहेका कमलप्रसाद दाहालले पनि अध्यक्ष पदमा दावी गरेका छन् । संस्थालाई नयाँ शैलीमा हाक्नका लागि पुराना समितिले स्वत पद छाडेर आफूलाई सहयोग गर्न उनले आग्रह गरे ।
उता उपाध्यक्ष पदका लागि पनि २ जना नयाँ अनुहार आउने भएपछि सो पदमा पनि निर्वाचन नै हुने भएको छ । सहकारी संस्थामा लामो समय काम गरेर अनुभव बटुलेकी स्थानीय संगीता कोईराला (सुवेदी) र वैदेसिक रोजगार व्यवसाई धनकुमार ढकालबीच प्रतिस्पर्धा हुने बताईएको छ । यस्तै सचिव पदमा बहालवाला दिपक पोख्रेल र स्थानीय युवा केशव ढकाल ले उमेद्धवारी दिने भएका छन् ।
तर संस्थाका शेयर सदस्यले भने सहमतिका आधारमा नयाँ नेतृत्व छनौट गर्नुपर्ने बताए । उनीहरुले भने सहकारीमा प्रजातान्त्रिक बिधिबाट नेतृत्व चयन गर्नु आफैंमा गलत होईन यद्धपि राजनीतिक आस्थाका आधारमा हो भने निर्वाचन गरेर हार्ने र जित्नेको कारणले संस्था लाई कमजोर बनाईनु नहुने तर्क गरे । नेतृत्वका लागि आगामी कार्तिक २ गते निर्वाचनको मिति तय भएको छ । निर्वाचन समितिका संयोजक समध्वज कार्कीले निर्वाचनका लागि सवै तयारी शुरु भएको बताए । तथापि सहमतिको अधिकतम प्रयास भईरहेको पनि समाचार श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here