सुरुङ्गा, असोज २८ । सृजना महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कनकाई–३ सुरुङ्गाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५७ सालमा स्थापित २ सय ५३ जना शेयर सदस्य रहेको संस्थामा हाल ५ लाख ३३ हजार शेयर पूँजी रहेको छ भने निक्षेप १२ लाख ७ हजार ९ सय ५३ रुपैयाँ रहेको उक्त साधारणसभामा जानकारी दिइयो ।
संस्थाकी अध्यक्ष चम्पा सुबेदीको अध्यक्षता र जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष सुबेदीद्वारा प्रस्तुत आ.व.२०७०।०७१ को आय–व्यय विवरण तथा आ.व.२०७१।०७२ को नीति तथा कार्यक्रम समेटिएको प्रतिवेदन पारित गरिएको थियो । शेयर सदस्य बढाउने तथा शेयर पूँजी बढाएर प्रति सदस्य ३० हजारसम्म पु¥याउने लक्ष्य राखिएको छ । महिला तथा बालबालिका कार्यालय झापाका प्रमुख तारा थापाको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा सगोल महिला कृषि सहकारी संस्था लि.का अध्यक्ष रामजीदेवी गौतम, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष गोमा निरौला(ढुंगेल) लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाकी लेखा समिति सदस्य ईन्दु बरालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाकी सचिव शारदा बरालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सावित्रा बर्देवाले गरेकी थिइन् ।