अदालतबाट २४ लाख ५९ हजार जरिवना ठहर भएका सुवाल पक्राउ

0
461

काठमाडौँ ,

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २४ लाख ५९ हजार ८२२ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए ।

पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here