अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व निर्विरोध निर्वाचित, अध्यक्षमा इजरायलका दीपकप्रसाद ओली

0
553

झापा ।
विश्वभर रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो महाधिवेसनबाट आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोधरुपमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

दीपकप्रसाद ओली-अध्यक्ष

भर्चुअलरुपमा शुक्रबार राति सम्पन्न भएको तेश्रो महाधिवेशनबाट इजरायलका दीपकप्रसाद ओली अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समाजका संरक्षक दिनेशकुमार पोखरेलले पूर्वाञ्चललाई जानकारी दिए ।

समाजको वरिष्ठ उपाध्यक्षमा मुकुन्द ढुंगाना अमेरिका, उपाध्यक्षमा महेन्द्र चम्लागाई कतार, उपाध्यक्षमा दिपक चुडाल अस्ट्रेलिया, महासचिबमा नगेन्द्रप्रसाद पोख्रेल (नविन)कतार, सचिबमा अजय राजबंसी अस्ट्रेलिया, निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष- मुकुन्द ढुंगाना

उपाध्यक्ष-महेन्द्र चम्लागाई

उपाध्यक्ष-दिपक चुडाल

महासचिब-नगेन्द्रप्रसाद पोख्रेल (नविन)

समाजको क्षेत्रीय संयोजकहरुमा क्रमसः प्रदिप तिम्सिना अमेरिका, चुडामणि कार्की कतार, मध्यपूर्व, उमेश पोख्रेल अस्ट्रेलिया, ललित न्यौपाने युके, युरोप, रहेका छन् ।
सह संयोजकमा प्रसन्ना सङ्ग्रौला अमेरिका, सदस्यहरुमा तुलसीप्रसाद सिवाकोटी जर्मनी, रबिन गिरी साउदी अरेबिया, अर्कराज तिम्सिना युके, चनिलाल राजबंशी कतार रहेका छन् ।
समाजको विधानबमोजिम भवानी ओली , दिनेशकुमार पोखरेल र छत्र सुब्बा संरक्षक रहेका छन् ।

संरक्षक -भवानी ओली

संरक्षक -दिनेशकुमार पोखरेल

संरक्षक -छत्र सुब्बा

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशनको उद्घाटन शुक्रबार बिहान सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको हो ।
प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन समारोहमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजका संरक्षक दिनेशकुमार पोखरेल, भवानी ओली, झापाली समाजको अमेरिका क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष मुकुन्द ढुंगाना, ओसनीया क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष दीपक चुडाल, मध्य पूर्व क्षेत्रको प्रतिनिधित्व गर्दै कोषाध्यक्ष चुडामणि कार्की, युरोप क्षेत्रको राष्ट्रिय समितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष ललित न्यौपाने र दीपक ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष नवीन पोखरेलले गरेका थिए ।
हाल विश्वका ४० राष्ट्रमा झापाली समाजको राष्ट्रि समिति विस्तार गरिसकेको समाजले स्थापनाको छोटो अवधिमा सामाजिक तथा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महाधिवेशन उद्घाटन सत्रका अतिथिहरुले प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here