अफ्रिकी मुलुकलाई युद्ध लड्न चीनले ऋण दिने

0
398

लुसाका,

विश्वका धेरै देशलाई ऋणको जालमा फसेको चीनले अब अफ्रिकी मुलुकलाई युद्ध लड्न ऋण दिने भएको छ । केही अफ्रिकी देशहरूले चिनियाँ पैसाले हतियार र सैन्य उपकरणहरू किनिरहेका छन्।

अफ्रिकी महादेशमा चिनियाँ ऋणमध्ये अधिकांश नागरिकका लागि पूर्वाधार विकासमा प्रयोग भइरहेको दाबी गरिएको छ । तर बोस्टन विश्वविद्यालयको ग्लोबल डेभलपमेन्ट सेन्टरले केही नयाँ तथ्यहरू प्रस्तुत गरेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् २००० देखि २०२० को बीचमा चीनले सैन्य खर्चका लागि आठ अफ्रिकी देशहरूसँग ३.५ अर्ब डलर (२७१ अर्ब रुपैयाँ) ऋण सम्झौता गरेको छ। यो रकमको धेरैजसो सेना र प्रहरीका लागि सैन्य विमान, उपकरण, तालिम र आवास एकाइहरूको विकासमा खर्च भएको थियो। कुल रकमको ६० प्रतिशत जाम्बियामा मात्रै गएको छ । जाम्बियाले राजमार्ग, बाँध र विमानस्थल निर्माण गर्न चीनबाट ठूलो ऋण लिएको छ।

इथियोपिया र अंगोला पछि जाम्बिया महादेशको तेस्रो ठूलो ऋणी हो। चीनबाट सैन्य ऋण लिएका अन्य अफ्रिकी देशहरूमा घाना, क्यामरुन, तान्जानिया, जिम्बाब्वे, सुडान, सियरा लियोन, नामिबिया पर्छन्। ग्लोबल डेभलपमेन्ट सेन्टरका अनुसार ऋणदातामा नेशनल पोलिसी बैंक, एक्सपोर्ट-इम्पोर्ट बैंक अफ चाइना र एभिएसन इन्डस्ट्री कर्पोरेशन अफ चाइना (एभिआईसी) र पोली टेक्नोलोजीज जस्ता चिनियाँ कम्पनीहरू सामेल छन्।

जाम्बियाले सबैभन्दा ठूलो ऋण लियो

जाम्बिया रक्षा उपकरणका लागि चीनको सबैभन्दा ठूलो ऋण प्राप्तकर्ता हो, बोस्टन विश्वविद्यालयको ‘चाइनिज लोन टु अफ्रिका डाटाबेस’ का प्रमुख अनुसन्धानकर्ता जिहजोङ ह्वाङले भने।

सबैभन्दा बढी ऋण लिए पनि जाम्बियाले मुख्यतया चीनबाट लडाकु विमान किनेको छैन। देशको हालको फ्लीटमा इटाली, रुस र स्वीडेनका विमानहरू सामेल छन्। जाम्बियाले शान्ति मिसन वा सीमा सुरक्षा जस्ता कार्यहरूका लागि अमेरिकासँग मद्दत खोजिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here