दमकमा रहेका सबै स्वास्थ्य केन्द्रमा ल्याव राख्ने तयारी

0
358

झापा, दमक नगरपालिकामा रहेका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभूत स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चानलको तयारी भएको हो ।
ल्याब सेवा सञ्चालनका लागि नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी हुन् ।

 अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवश्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवस्यक रहेको पाईएको नगर स्वास्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिए ।
अनुगमकनका क्रममा उप प्रमुख भट्टराईले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरी तयारी थाल्न निदेशन दिएकी छिन् ।
स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भएपछि सुगर, जण्डिस, युरिन, स्टुल लगायतका परिक्षण गर्नसकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here