सलिनमानको फेरिएको लुक्स

0
451

काठमाडौं,

नेपाली फिल्ममा चकलेटी हिरोहरुको अभाव छ । केही वर्षयता अनमोल केसी र प्रदीप खड्काले लभस्टोरी फिल्मको भार थेगेर बसेका छन् ।

लभस्टोरी फिल्म बनाउन चाहने मेकरले सबैभन्दा पहिला उनीहरुलाई सम्झन्छन् । तर, उनीहरुले वर्षमा मुश्किलले दुईटासम्म फिल्म गर्ने भएकाले मेकरहरु विकल्प खोज्दै विभिन्न अभिनेतासम्म पुग्ने गर्छन् । त्यसमध्येमा पर्छन्, सलिनमान बनियाँ ।

फिल्म ‘ए मेरो हजुर २’बाट अनमोल र प्रदीपको प्रतिस्पर्धीको रुपमा उदाएका सलिनले दोस्रो फिल्म साइन गर्न झन्डै दुई वर्ष लगाए । उनले अभिनय गरेको दोस्रो फिल्म ‘यात्रा’ रिलिज भएको पनि तीन वर्षभन्दा बढी भइसकेको छ । तर, उनले तेस्रो फिल्म साइन गरेको जानकारीमा छैन । लभस्टोरी फिल्मबाट राम्रो माग भएपनि उनले फिल्ममा अभिनय गर्ने इच्छा नदेखाउने गरेको बताइन्छ ।

मंगोलियन लुक्स, फरक हेयर स्टाइल र ड्रेसअपका कारण पहिलो फिल्मबाटै दर्शक र मेकरको नजरमा परेका उनको यतिबेला लुक्स फेरिएको छ । प्रायः क्लिन सेभ गरिएको फेसमा देखिने गरेका सलिनले अहिले दाह्री र जुँगा पालेका छन् । उनकी प्रेमिका अस्प्रिना जिन्हा श्रेष्ठले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको तस्विरमा सलिनलाई दाह्री र जुँगामा निकै अलग र अनौठो देखिएको छ ।

फिल्ममा प्रवेशपछि उनले दाह्री-जुँगा हुर्काएको पहिलो पटक हो । यसैले उनको नयाँ लुक्स नयाँ फिल्मका लागि त होइन भन्ने चासो धेरैमा छ । नेपाली फिल्ममा चकलेटी हिरोहरुको खडेरी रहेको अवस्थामा उनी जस्ता अभिनेता भूमिगत हुनु राम्रो होइन ।

उनलाई पर्दामा पर्खेर बस्ने दर्शकको संख्या ठूलो छ । सलिनमानको नयाँ लुक्सले फिल्ममा उनी फर्किने आश दर्शकहरुमा पलाएको छ ।-फिल्मीखबर,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here