खेलकुद विकास समितिलाई पूर्णता

२८ जेष्ठ २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड ।

जिल्ला खेलकुद विकास समिति झापाले पूर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले ६ जनालाई सदस्यमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरुको समेत उपस्थितिमा मनोनित ६ जनालाई समितिका अध्यक्ष भण्डारीसहित उपाध्यक्ष गंगा कोइराला भुर्तेलले बधाई तथा शुभकामना दिएका थिए ।

मनोनित हुनेहरुमा दुर्वासा कार्की(जगन) शिवसताक्षी –१०, सुरेन्द्र गिरी अर्जुनधारा–९, गंगा तुम्बाफो बिर्तामोड–५, लक्ष्मी चौधरी दमक–८, महेश सरकार मेचीनगर–६ र सम्शेर तामाङ भद्रपुर–३ रहेका छन् ।

११ सदस्यीय समितिका लागि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र शिक्षा क्षेत्रबाट १–१ जना गरी ३ जना पदेन सदस्य रहने ब्यवस्था छ ।

समितिलाई पूर्णता दिँदै बसेको बैठकले खेलकुद सम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । खेलकुद विकास समितिको अध्यक्षमा यसअघि नै १ नम्बर प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अध्यक्षमा भण्डारी र उपाध्यक्षमा भुर्तेल चयन भएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here