दीर्घरोगीको सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना

0
424

मङ्गलबारे,

इलाम नगरपालिकाले दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गर्ने भएको छ ।

यसका लागि कोषमा निर्वाचित नगरप्रमुखको तर्फबाट मासिक रु तीन हजार, उपप्रमुखबाट मासिक रु दुई हजार र कार्यपालिका सदस्यबाट मासिक रु एक हजार जम्मा गरिने जनाइएको छ ।

कोषमा नगरप्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबाट पाउने सेवा–सुविधाबाट नै कटाएर जम्मा गर्ने निर्णय भएको नगरप्रमुख केदार थापाले जानकारी दिनुभयो ।

उहाँले इलाम नगरपालिकामा यस्ता बिरामीको सङ्ख्या बढ्दै गएको र कतिले अझै पनि आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको जनाउँदै सहयोगका लागि कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनभयो ।

उहाँले नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णयसमेत गरेको जानकारी दिनुभयो । सोही बैठकले पाँचवटा विषयगत समितिसमेत निर्माण गरिएको छ । इलाम नगरपालिका, विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८ को दफा ३ (१)बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ ।

कार्यपालिका बैठक नगरपालिकाको फेसबुक पेज र इलाम चोक बजारमा राखिएको डिस्प्लेबाट समेत प्रत्यक्ष अडियो र भिडियो प्रसारण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here