झापामा छ महिनाको अवधिमा ७३ वटा मानवअधिकार उल्लघङ्नका घटना

0
356

बिर्तामोड ।

छ महिनाको अवधिमा ७३ वटा मानवअधिकार उल्लघङ्नका घटना भएको इन्सेक झापाले जनाएको छ ।

गत पुषदेखि यता छ महिनाको अवधिमा ७३ वटा मानवअधिकार उल्लघङ्नका घटना भएको इन्सेक झापाले जनाएको हो ।

शुक्रबार बिर्तामोडमा आयोजित मानवअधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल तथा वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा हत्याका ४ वटा, बलात्कारका ३४, बलात्कार प्रयास २, बहुविवाह १२, मानवबेचबिखनका ४ वटा घटना भएको इन्सेक झापाले बताएको छ ।

त्यस्तै दाइजो नदिएको १, जातीय भेदभाव तथा छुवाछुतका १ र यौन दुव्र्यवहारका १५ वटा घटना भएको इन्सेक झापाले तथ्याङ्क प्रस्तुत गरेको छ ।

इन्सेक झापाका प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको तथ्याङ्कमा सबैभन्दा बढी बालिका पीडित देखिएको बताइएको छ । कार्यक्रममा झापामा मात्र ६ महिनाको अवधिमा ५ वर्षदेखि ४० वर्षसम्मका महिला बलात्कारका घटनामा पीडित भएको बताइएको छ ।

बलात्कृत महिला तथा बालिका हरु नजिकका नातेदार, छिमेकीहरुबाट नै पीडित बनेको इन्सेकको अभिलेखमा छ । त्यस्तै चिनजानका व्यक्तिले नै रोजगार तथा विभिन्न प्रलोभनमा पारेर महिला तथा बालिकाहरुलाई काँकरभिट्टा नाका हुँदै भारत बेचबिखनका लागि पुर्याइएको, जबरजस्ती यौन कार्यमा लगाउने गरेको घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

जिल्ला प्रतिनिधि नरेश खातीले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अधिवक्ता कविता बास्तोला लगायत अधिकारकर्मीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here