गणेश अर्याल, बिर्तामोड ।

जेष्ठ नागरिकलाई सम्मान तथा कुल पुजा सहित अर्याल बन्धुहरुको गोठधुप कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
अर्याल समाज नेपाल झापाको आयोजनामा ३ दिन सम्म सञ्चालन भएको पुजा प्रतिष्ठा सहित कुल देबताहरुको प्रतिष्ठापुजा गरिएको थियो । गोठ धुपको अवसरमा १५ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा भद्रमाया अर्याल, लिलाधर अर्याल, लोकनाथ अर्याल, बालकृष्ण अर्याल, धर्मानन्द अर्याल र देबिप्रसाद अर्याल रहेका छन् । त्यसैगरी खुमादेबी अर्याल, जानुका अर्याल, उमादेबी अर्याल, इन्दिरा अर्याल, यमुनादेबी अर्याल, बेदप्रसाद अर्याल, झुमादेबी अर्याल, बाशुदेब अर्याल र पुन्य कुमारी अर्याल पनि सम्मानित भएका छन् ।

दुइतलाको भवनको माथिल्लो तलामा कुलका देवताहरु राखिएको छ भने नजिकै हवन कुण्ड कार्यालय कोठा र शौचालय रहेको अर्याल समाज नेपाल झापाका सचिब रुद्रमणी अर्यालले बताए । ‘भवनको भुइतलामा कार्यक्रम स्टेज पुजा मण्डप र दुर्गा र शिवजीका मुर्तीहरु रहेका छन्, सचिब अर्यालले भने,– ‘करिब ६६ लाख रुपैयाको लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो।’
मन्दिरमा दैनिक पुजा आरधनाको लागि अक्षय कोष स्थापना गरी बैकबाट प्राप्त हुने ब्याजबाट दैनिक खर्च धान्ने प्रबन्ध मिलाउदै गरेको अर्याल समाज नेपाल झापाका अध्यक्ष पर्शुराम अर्यालले बताए । भवन निर्माणको लागि एक नम्बर प्रदेश अन्तरगत सबै जिल्लाका अर्याल बन्धुहरुको सामुहिक लगानीमा निर्माण सम्पन्न भएको बताईएको छ ।






























