मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0
415

मोरङ ।

मोरङको बेलबारी–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाईते भएका छन् ।

आज दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी–१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे–६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए ।

दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here