बाल सुबोधिनी माविमा प्रदिप ढकालको अध्यक्षतामा बाल क्लब गठन

0
568

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा प्रदिप ढकालको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।

विद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बिच गठित बाल क्लबको उपाध्यक्ष निरुपा राजवंशी, सचिव रमेश नेपाल, सहसचिव अपेक्षा सेवा र कोषाध्यक्षमा कृतिका ढकाल चयन भएका छन् ।

क्लबका सदस्यहरुमा अनुजा रायमाझी, पङ्कज बस्नेत, लिबिन्द्र राई, सालेहा खातुन र तुसल राजवंशी रहेका छन् ।

त्यसैगरी क्लबको परिचालनका लागि संरक्षक शिक्षक पदमप्रसाद मिश्र र सह संरक्षक शिक्षकमा प्रमिला ढुङ्गाना चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले बाल क्लबका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here