देवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आशिष

६ असार २०७९, सोमबार मा प्रकाशित

झापा, देवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आशिष वन चयन भएका छन् ।

११ सदस्यीय समितिको अध्यक्षमा सामाजिक व्यक्तित्वका रुपमा परिचित उनी चयन भएका हुन् । बिर्तामोड ६ निवासी युवा व्यवसायी उनी खेल प्रेमी व्यक्तिका रुपमा समेत परिचित छन् ।


गत फागुन २९ गतेको अभिभावक भेलबाट चार जना सदस्य छनौट भएका थिए । विधानत दुई जना सदस्य मनोनित हुने व्यवस्था अनुसार वन र महिला सदस्यमा लीला ओलीलाई समितिमा मनोनयन गरिएको थियो ।

सो विद्यालयमा प्राविधिक धार समेत अध्ययन हुने हुँदा उद्योग वाणिज्य संघका तर्फबाट दुई जना रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार मेदनी प्रसाद विश्वकर्मा र गोवेन धिमाल यस अघि नै मनोनित भएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here