धुलाबारीमा योग शिविर

0
239

मेचीनगर।

पातन्जल योग मेचीनगर नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मानव धर्म सेवा समितिको सभाहल धुलाबारीमा योग शिविर एवम अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

योग शिविरलाई पातन्जल जिल्ला समिति अध्यक्ष श्याम ल्वागुन तथा पाँच जना सीटीइभीटीबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले योग मानवका लागि दैनिकी बन्नुपर्ने बताए ।

नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले औपचारिक शिक्षामा समेत योग जोडिएकाले नीति–निर्माण तहले समेत यस बिषयमा सोच्नुपर्ने बेला आएको बताए । पातन्जल योग समिति प्रदेश १ का अध्यक्ष केशव ताम्राकारले योगको इतिहासका बारेमा स्पष्ट पारेका थिए ।

मेचीनगर– १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, मानव धर्म सेवा समितिकी प्रमुख सुवर्णरत्न बाइ जीले शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई पातन्जल योग समिति मेचीनगरका अध्यक्ष टेकेन्द्र ढकालले सहजीकरण गरेका थिए ।

पातन्जल प्रदेश सदस्य उर्मिला ढकाल, टीका सुवेदी, टीका पौडेल, कोपिला दुलाल, रेखा पराजुली, नारद काफ्ले, कुसुम दाहाल, प्रेमप्रकाश फलहारी, श्याम ल्वाागुन लगायतले योग शिविरलाई सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here