हजुरआमाको हत्यामा नातिको संलग्नता, सीमा क्षेत्रबाट पक्राउ

0
371

बिर्तामोड।

प्रहरीले विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गरे पनि पछिल्लो समय साना तथा आफन्तबाट हुने अपराधमा बृद्धि भएको पाइएको छ । प्रदेश १मा प्रहरीले अपराध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि अपराधका घटनामा कमी आउन नसकेको प्रहरीको तथ्यांकले देखाएको छ ।

नेपालमा अपराध गरेर भारतमा आश्रय लिनेको संख्या पनि बढ्न थालेको प्रहरी स्रोतले जनाएको छ । केही बर्षअघि झापाको दमकमा भएको हत्या काण्डमा संलग्न व्यक्तिलाई भारतबाट प्रहरीले पक्राउ गरेको थियो भने इटहरीमा भएको सामुहिक बलात्कारको घटनामा संलग्न भारत पुगेका थिए । उनीहरुलाई समेत प्रहरीले पक्राउ गर्न सफल भयो । प्रहरीले भारतका विभिन्न स्थानमा रहेका अपराधीहरुलाई पक्राउ गरेर नेपाल ल्याउने गरेको छ ।

गतबैशाख ३१ गते दिउँसो ४ बजे खोटाङको बाह्रपोखरी गाउँपालिकमा–५ पानीटारस्थित दूधकोशी नदीको किनारमा नचिन्ने अवस्थामा एक बृद्धाको शव फेला प¥यो । प्रहरीले शव पहिचानका लागि विभिन्न युनिटहरुमा सर्कुलर गरेर आफन्तको पहिचान गर्न अनुरोध ग¥यो । कहींकतैबाट आफन्त फेला नपरेपछि प्रहरीले नै उक्त शवको दाह संस्कार ग¥यो । प्रहरीले घटनालाई सूक्ष्म रुपमा अनुसन्धान भने अगाडि बढाइरह्यो ।

सोही क्रममा झापाको गौराहद नगरपालिका–३ धोबिनीचोक बस्ने २९ बर्षीय हरि भनिने निरबहादुर खड्काले आफ्नी हजुरआमाको वैशाख २६ गते हत्या गरेको खुलेको छ । उनले हजुरआमाको हत्या भएको र उक्त हत्या काका र फुपूले गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्वीर पोष्ट गरेपछि प्रहरीले अनुसन्धानलाई आफन्त केन्द्रित ग¥यो । प्रहरीले उक्त शवको पहिचान गर्दै ७७ बर्षीय बृद्धा तुलसा खड्काको भएको पत्ता लगायो ।

प्रहरीले अनुसन्धानलाई अगाडि बढाउने क्रममा निरबहादुरको खोजीलाई तीब्र बनायो । काका र फुफूलाई आरोप लगाएर भारत पसेका निरबहादुरलाई प्रहरीले लामो समयदेखि निगरानी गरेर खोजी गरिरह्यो । सोही क्रममा प्रदेश प्रहरी कार्यालयको आरआईटी टोली जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले उनलाई भारतको दार्जीलिङबाट पक्राउ गर्न सफल भयो । दार्जीलिङको महायन होटलमा ९ दिनदेखि कुकको काम गर्दै आएका निरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर खोटाङ पु¥याएको छ । उनी आफ्नै हजुरआमाको हत्या गरेर भारतको शिलगढी पुगेर शिलगढीमा रहेको शारदा होटलमा कुकको काम गर्न थालेका थिए ।

नेपालमा अपराध गरेर भारतका विभिन्न स्थानमा अस्थायी रुपमा काम गर्दै हिँडेका निरबहादुरलाई प्रहरीले निक्कै लामो प्रयासपछि मात्रै पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ । उनले हजुरआमालाई इटहरीबाट खोटाङ लैजाने क्रममा बाटोमै हत्या गरेर शवलाई गाडेर शव फेला नपरेसम्म सोही ठाउँमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले सुनको लोभमा हजुरआमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हजुरआमा इटहरीमा कोठामा बस्ने गरेको र निरबहादुर कुलतमा समेत लागेकाले पैसाको लोभमा परी आफ्नै हजुरआमाको हत्या गरेको बताइएको छ । आफ्नी आमाको हत्या भएको भन्दै उनका बुबाले प्रहरीमा जाहेरी दिएका थिए । हत्यामा अज्ञात व्यक्तिको संलग्नता भनिए पनि प्रहरी अनुसन्धानबाट नातिले नै हजुरआमाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

निरबहादुरको साथबाट प्रहरीले मृतक तुलसा खड्का र अमरबहादुर खड्काको नागरिकता समेत फेला पारेको छ । यसैबीच प्रहरीले विहीवार खोटाङमा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न निरबहादुरलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले निरबहादुरलाई झापाको मेचीनगर–६ काँकरभिट्टाबाट पक्राउ गरेको बताए । उनले काँकरभिट्टाबाट पक्राउ गरेको बताए पनि निरबहादुरलाई प्रहरीले भारतबाट ल्याएको हो ।

उनलाई बिहीबार खोटङ पु¥याए लगत्तै पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । पक्राउ परेका निरबहादुरले शुरुमा हत्यामा आफ्नो संलग्नता अस्वीकार गरे पनि पछि उनले आफैंले गहनाको लोभमा फसेर हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । निरबहादुर झापाको गौरादह बसे पनि उनको स्थायी ठेगाना खोटाङ नै भएको र स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने क्रममा हजुरआमाको हत्या गरेको खुलेको हो ।

नेपालमा अपराध गरेर भारतमा लुकीछिपी बस्ने गरेका कारण प्रहरीलाई पक्राउ गरेर कानूनी कार्वाहीका लागि अदालत पु¥याउन निक्कै कठिन भएको बताइएको छ । खुला सीमानाको फाइदा उठाउँदै भारतमा अपराध गर्ने, नेपाल आउने र नेपालमा अपराध गर्नेहरु भारत गएर बस्ने गरेका कारण अपराधका घटनामा कमी आउन नसकेको प्रहरी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here