विश्व भ्रमणमा निस्किएका पत्रकार द्वय उर्लाबारीमा

0
455

मोरङ, कात्तिक २० ।  विश्व भ्रमणमा निस्किएका भोजपुरका दुई पत्रकार विहीबार मोरङको उर्लाबारी आईपुगेका छन् ।

शान्ति, स्वतन्त्रता, मानवता र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्न भन्दै विश्व भ्रमणमा निस्किएका भोजपुर च्याङग्रे–५ का नवराज भट्टराई र तिवारी भञ्ज्याङ्ग–३ का नारायण भट्टराई विहीबार उर्लाबारी आईपुगेका हुन् ।

मुलुकमा रहेका प्राकृति सम्पदाका साथै ऐतिहासिक स्थानहरुलाई विश्वसामू चिनाउन विश्व भ्रमणमा निस्किएको भट्टराई द्वयले बताए । विश्वमा छरिएर रहेका नेपालीहरुमा नेपालीपन र मुलुकको विभिन्न स्थानको झलक प्रस्तुत गर्दै हिडेका पत्रकार द्वयले नेपालको ७५ वटै जिल्लाको भ्रमण सकेका छन् । उनीहरुले भारतको २९ वटै राज्यसहित भुटान र म्यानमारको पनि भ्रमण सकेका छन् । २०६५ साल कार्तिक २ गतेदेखि सुरु गरेको विश्व भ्रमण एक दशकभित्र सक्ने उनीहरुको लक्ष्य छ । मुुलुकको सुन्दरतालाई अझ ब्यापक र सवैमाझ पु¥याउने उद्देश्यले उनीहरुले ७५ वटै जिल्लाको भ्रमणका झलकहरुलाई वृत्तचित्र बनाई भ्रमणका क्रममा विभिन्न देशका नागरिकहरुलाई देखाउने गरेका छन् । उनीहरुले ‘नेपाल भ्रमणका ७३० दिन’ नामक् ५०८ पृष्टको पुस्तक र ‘नेपाल दर्शन’ नामक् ९८ मिनेटको बृत्तचित्र प्रकाशन गरेका छन् । दुई वर्षमा नेपालका ७५ वटै जिल्लाको भ्रमण सकेपछि उनीहरुले पुस्तक र बृत्तचित्र निर्माण गरेका हुन् । पुस्तक प्रकाशन पछि २०७० श्रावण ७ गतेबाट भारत सँगै म्यानमारसम्मको भ्रमण पुरा गरिसकेका उनीहरुले अहिले अर्को पुस्तक र बृत्तचित्र निर्माणमा जुटेका छन् ।  पत्रकार द्वयको विश्व भ्रमणलाई विश्व दर्शन अभियान नेपाल नामक् सँस्थाले सहयोग गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here