चैतुवारीमा एक दिवसिय निःशुल्क आँखा शिविर

२० कार्तिक २०७१, बिहीबार मा प्रकाशित

बिर्तामोड, कात्तिक २० । मानवीय उद्धार सेवा केन्द्र नेपालले झापाको  चैतुवारीमा एक दिवसिय निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकालको आँखा परीक्षण गर्दै उद्घाटन गरिएको शिविरमा महिला १०५ र पुरुष एकसय गरी जम्मा २०५ . जनाले आँखा परीक्षण गराएका थिए । ती मध्ये ३० जनामा मोतिया विन्दु भेटिएकाले निशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको बताइएको छ ।
स्थानीय पञ्चरत्न माध्यमिक विद्यालयको प्राङ्गणमा  सम्पन्न सो शिविरको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ढकाल, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सञ्जयवहादुर राउत , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रमेशकुमार देव, समाजसेवी विष्णुप्रसाद ओली, सहायक प्रधानाध्यापक डम्वर देउजा, मेची आँखा अस्पतालका वरिष्ठ प्राविधिक मेमलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सेवा केन्द्रका चारपाने अध्यक्ष कैलाशपति ओलीले सञ्चालन गरेको कार्यक्रमको  सभापतित्व केन्द्रका अध्यक्ष धनवहादुर वुढाथोकीले गरेका थिए ।
सामाजिक कार्यमा सर्मपित सो संस्थाले यस अघिपनि सर्पदंश उपचार, बाढी पीडितलाई उद्धार सम्वन्धी प्रशिक्षण, ट्राफिक सचेतना लगायतका कार्यक्रम झापाका विभिन्न स्थानमा गर्दै आएको छ । झापाका ३३ वटा गाविसमा शाखा सञ्चालनमा रहेको संस्थाले स्थापना कालदेखि नै मानवीय क्षेत्रमा सकारात्मक प्रभाव पु¥याई रहेको कार्यक्रममा संस्थाका केद्रीय अध्यक्ष वुढाथोकीले बताए ।
कार्यक्रम मेची आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here