डा. भगवानको टोली बिर्तामोड आउँदै

२० कार्तिक २०७१, बिहीबार मा प्रकाशित

बिर्तामोड, कात्तिक २०। मुटु रोगबाट प्रभावित झापावासीको स्वास्थ्यलाई मध्यनजर गरी बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला लगायतको टिमले झापाको बिर्तामोडमा निःशुल्क मुटु रोगको परीक्षण गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड र मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौंको संयुक्त आयोजनामा बिर्तामोडस्थित पूर्ण–टुंक विर्ता सिटी हस्पिटलमा यही कात्तिक २२ गते शनिवार मुटु परीक्षण गरिने भएको हो । शिविरलाई व्यवस्थित रुपमा सफल बनाउन रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले छलफल सम्पन्न गरेको छ । विर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको छलफलमा रेडक्रसका जिल्ला सभापति लोकराज ढकाल, उपसभापति ओमप्रकाश गौतम, विर्ता सिटी हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत लगायतले विभिन्न सुझाव राखेका थिए । शिविरलाई सम्पन्न गर्न सभापति सजेश शिवाकोटीलाई प्रचारप्रसारको संयोजक र उपकोषाध्यक्ष यम कार्कीलाई स्वयम् सेवक परिचालन संयोजकमा चयन गरिएको उपसचिव एकराज गिरीले जानकारी दिए ।
डा. कोइरालाको टोली शुक्रवार नै विर्तामोड आइपुग्ने र आइतवार विहान काठमाडौं फर्कने कार्यक्रम छ । उक्त शिविरमा मुटुका रोगीहरुले स्वास्थ्य परीक्षण गराइ मौकाको फाइदा लिन पूर्ण टुंग विर्ता सिटी हस्पिटलका अध्यक्ष गोपालकुमार बस्नेतले आग्रह गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here