तरुणमा बालाजीतको उम्मेद्वारी

0
329

बिर्तामोड, कात्तिक २० । नेपाल तरुणको आसन्न महाअधिबेशनका लागि बालाजीत राईले सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सभापति पदका  लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।
पार्टी भित्र देखिएको गुट उपगुटलाई तोड्दै तरुणदललाई शसक्त र चलायमान बनाउन आफूले सभापति पदमा उम्मेद्वारी दिएको राईले बताए । विगतलामो समयदेखि पार्टीमा रहेर काम गरेपनि पार्टीले उचीत स्थान नदिएर आफूहरु पीडित बनेको आरोप लगाउँदै आगामी दिनमा आफू सभापति बनेपछि सबैलाई समेटेर लाने धारणा राखे ।
सामाजिक संघ संस्था र विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएको बताउदै उनले आफूलाई  पाँच क्षेत्रका सभापतिले  सगाउने हुँदा जित्ने आधार प्रशस्त रहेको बताए ।
राईसंगै उपसभापति  पदका लागि सञ्जु भारतीले समेत उम्मेदवारी घोषणा गरेका छन् । उनले युवालाई विदेसिनबाट  रोक्दै देश निर्माणका लागि परिचालन गरिनुपर्ने बेलामा सचेतना नअपनाउँदा देशमा विकास निर्माणका काम नभएको जनाउदै आफू निर्वाचित भएसंगै युवालाई विकास निर्माणका काममा अग्रसर हुन लगाउने धारणा राखे ।
१२ वर्षपछि हुन लागेको तरुण दलको अधिवेशन आगामी कात्तिक २४ र २५ गते हुँदैछ । झापामा ४ सय ७६ मतदाता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here