राजतन्त्रको वकालत गर्दै शिवसेना पार्टी

0
337

SAMSUNG CAMERA PICTURES
बिर्तामोड ,कात्तिक २१ ।  राष्ट्रिय शिव सेना पार्टीले राजासहितको हिन्दु राष्ट्र नेपाल बनाएरै छाड्ने उद्घोष गरेको छ ।
उसले नेपाल र नेपालीको असित्व जोगाउन राजसंस्थाको आवश्यकता औँल्याएको हो ।
बिर्तामोडमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री वृजकिशोर ठाकुरले भने, ‘निषेधको राजनीतिले देशलाई खोक्रो बनाएको छ । अब जनताले यसको विकल्प खोज्नुपर्छ ।’ उनले मुलुकलाई निकास दिन मेलमिलापको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्र प्रमुखको रुपमा ज्ञानेन्द्र शाहको विकल्प नरहेको बताउँदै ठाकुरले राजा भएमात्र जनताले राहत पाउने जिकिर गरे ।
विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य चेतनाथ थापाले मुलुकलाई अखण्ड र अक्षुण राख्न राजसंस्था अनिवार्य रहेको बताए । उनले राजसंस्था फर्काउन हतियार समेत उठाउने चेतावनी दिए । कार्यक्रममा राष्ट्रिय धार्मिक मञ्च हिन्दुराष्ट्र नेपालका रामचन्द्र बानियाँ, शिव सेना पार्टीका झापा अध्यक्ष महेन्द्रप्रसाद भट्टराई, युवराज दाहाल, भवानी ढकाल लगायतले राजसंस्था जहिले पनि देश र जनताको पक्षमा हुने विश्वास व्यक्त गरे । शिव सेनाले राजसंस्था र हिन्दुराष्ट्रका लागि देशव्यापी भित्तेलेखन अभियान सञ्चालन गरिरहेको छ । पूर्वमा यो अभियान १५ दिन अघिबाट सुरु गरिएको पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here